site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवा भन्छन्– पार्टी हारेको भए पनि आत्तिनुपर्दैन्, ढाकछोप गरे पार्टी फेरि पनि हार्छ : पौडेल
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भए पनि नआत्तिन आग्रह गरेका छन् ।

पार्टीको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघको १२ औं स्थापना दिवसको अवसरमा शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले दुई ठूला दलको तालमेलका कारण चुनावमा हार्नुपरेको बताए । 

‘‘चुनावमा पार्टी हार्यो भन्दैमा आत्तिनुपर्ने, चिन्ता लिनुपर्ने अवस्था छैन । दुई ठूला दल मिलेका कारण हामी हारेका हौं,’’ उनले भने, ‘‘यसलाई कांग्रेसले चुनौतीका साथै अवसरका रुपमा लिएको छ ।’’

Agni Group

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सकारात्मक रुपमा लिएको आशय व्यक्त गर्दै सभापति देउवाले कांग्रेस एकजुट भए कम्युनिष्ट शक्तिलाई सहजै परास्त गर्न सकिने दाबीसमेत गरे । 

उनले निर्वाचनमा पार्टीभित्रैबाट उमेदवारहरुलाई भएको असहयोगका कारण पनि हार्नुपरेको दोहोर्याए । पार्टीभित्र रहेको अन्तरघात रहेसम्म कांग्रेस बलियो हुन नसक्ने जिकिर गर्दै देउवा भने, ‘‘अन्तर्घात भएसम्म पार्टी उभो लाग्दैन । अन्तरघातीलाई कडा कारवाही हुन्छ ।’’
सभापति देउवाले मुलुकमा प्रजातन्त्रको जगेर्ना कांग्रेसले मात्रै गर्न सक्ने भन्दै सांस्कृतिक संघलाई पार्टीको प्रचार–प्रसारमा लाग्न निर्देशन दिए । 

Global Ime bank

सांस्कृतिक संघकै कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई पार्टी मिल्दा कांग्रेसले निर्वाचनमा पराजित हुनु परेको निहुँमा उम्किन नमिल्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको लेखाजोखा गर्नैपर्ने जिकिर गर्दै उनले भने हारको कारण आफूभित्रैबाट नियाल्नुपर्नेमा जोड दिए । 

‘‘चुनावमा कहाँ कमजोरी भयो, कुन पाटपुर्जा कमजोर भयो भन्ने बारेमा लेखाजोखा हुनैपर्दछ,’’ नेता पौडेलले भने, ‘‘ढाकछोप गरे पार्टी फेरि पनि हार्छ ।’’

उनले सरकारको नेतृत्व गरिरहेको दलका कमी–कमजोरी पत्ता लगाएर कांग्रेस र उसका भ्रातृ संगठनहरुले ‘प्रहार’ गर्नुपर्नेमा जोड दिए । ‘‘अध्ययन गरेर, दिमाग खियाएर, व्यंगात्मक ढंगले कम्युनिष्टहरुका कमजोरी पत्ता लगाएर अघि बढ्ने अवस्था आएको छ,’’ उनले भने ।
नेता पौडेलले संगठन विस्तारमा सांस्कृतिक संघको ठूलो महत्व रहेको भन्दै कांग्रेसको बलिदान झल्किने गरी गीत बनाएर जनताकाबीचमा जान कलाकर्मीहरुलाई निर्देशन दिए । 

कार्यक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई कम्युनिष्ट पार्टीको एकीकरणबाट कांग्रेस तरंगित हुनुपर्ने अवस्था नरहेको बताए । कांग्रेस एकतावद्ध भएर अघि बढे कम्युनिष्टहरुले केही गर्न नसक्ने उनको भनाई थियो । 

‘‘कम्युनिष्टहरुको एकीकरणले तरंगित, आतंकित हुनु पर्ने अवस्था छैन् । कम्युनिष्टहरु मिलेको देखेकै हौं । चिराचिरा भएको पनि देखेकै हौं,’’ निधिले भने । कांग्रेसले वर्तमान सरकारका विषयमा समय खर्चनु पर्ने आवश्यकता नै नभएको भन्दै उनले आगामी निर्वाचन जित्ने मुद्दा अगाडि बढाउनमा समय खर्च गरिनुपर्नेमा जोड दिए ।  

तत्कालिन एमाले–माओवादीले पार्टीलाई जेट विमानकै रुपमा लैजान खोजेको हो भने त्यो नेपालमा सम्भव नभएको उपसभापति निधिको भनाई थियो । ‘‘उहाँहरुले एउटा कम्युनिष्ट पार्टी बनाउनुभएको हो भने हामी बहुलवादमा विश्वास गर्नेहरुका लागि कुनै आपत्तिको विषय होइन्,’’ उनले भने, ‘‘तर जेट नै बनाउनु खोजिएको हो भने नेपालका लागि त्यो स्वीटेवल छैन् ।’’

कार्यक्रममा कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले पार्टीलाई मजबुद बनाउन अव कांग्रेसको प्रचार गर्ने तरिका परिवर्तन गर्नु पर्ने बताए । उनले पार्टीभित्र रहेको आपसी निन्दा गर्ने परिपार्टी अन्त्य गर्नु पर्नेमा जोड दिए । 

कम्युनिष्टहरुले प्रयोग गर्दै आएको प्रपोगण्डा र प्रचार–प्रसार गर्ने शैलीलाई अव कांग्रेसले पनि अबलम्बन गर्नुपर्ने उनको भनाई थियो । ‘‘काम मात्रै गरेर नहुने रहेछ । अव हामीले पनि पार्टीको प्रचार–प्रसार गर्ने तरिका परिवर्तन गरेर अघि बढ्नु पर्दछ,’’ उनले भने ।
    
  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC