राजनीति

ट्रेड युनियन कांग्रेस प्रदेश–३ मा कार्की

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् ।  ट्रेड युनियन कांग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुसार २६६ मत ल्याएर कार्की विजयी धएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे ।  

यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष (महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष (सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष (अनौपचारिक)मा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाई निर्वाचित भएका छन् ।  

यसैगरी सहसचिव (खुल्ला)मा प्रकाश दाहाल, सहसचिव (महिला)मा उर्मिला कार्की, सहसचिव (सेवा)मा तुलसीप्रसाद अधिकारी, सहसचिव (उत्पादन) मा नरेन्द्र मानन्धर, सहसचिव (अनौपचारिक) मा भरतप्रसाद अधिकारी र सहकोषाध्यक्षमा तारा भण्डारी विजयी भएका छन् । 

कोषाध्यक्ष विश्वहरि घिमिरे भने यसअघि नै निर्विरोध निर्वाचित भइसेका छन् । यस्तै सदस्यमा नरेन्द्र विष्ट, बाबुराम भुसाल, रामकुमार बस्नेत, शोभा भण्डारी, सरला पुडासैनी, हरिमाया पोखरेल, मीना तामाङ, ईश्वर गिरी, पुरुषोत्तम पराजुली, माधव पौडेल, उदयबहादुर लामा, प्रभा जोशी र ऋषिराम गिरी निर्वाचित भएका छन् । रासस

तपाईंको मत