site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३३ किलो सुन गायब र सनम हत्याबारे ‘गोरे’को बयान सकियो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । गत बुधबारबाट मोरङ जिल्ला अदालतमा सुरु भएको बयान आज सकिएको हो । 
गोरे पक्षका वकिल यमबहादुर मगरका अनुसार आज नै थुनछेक बहस सुरु हुनेछ । वादी र प्रतिवादी वकिलको बहसपछि गोरेलाई तारेख वा धरौटीमा छाड्ने वा पूर्पक्षका लागि जेल चलान गर्ने भन्नेबारे अदालतले आदेश दिनेछ । मोरङ जिल्ला अदालतका न्यायाधिश नारायण शर्माको बन्द इजलाशसमक्ष उनले बयान दिएका थिए । बन्द इजलाशमा सनमका आफन्तलाई पनि प्रवेश दिइएको थिएन ।
गत माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यसपछि सनम शाक्यको हत्या भएपछि घटनाले नयाँ मोड लिएको थियो । सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय विशेष छानबिन समिति गठन गरिएको थियो ।
समितिले सुन तस्करीमा ठूलो गिरोहको संलग्नता रहेको भन्दै प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गर्न मोरङ प्रहरीलाई सुझाएको थियो । मुख्य अभियुक्त भनिएका गोरे मंगलबार काठमाडौंमा पक्राउ परेकै दिन पक्राउ परेका ३० जनामध्ये २८ जनालाई पूर्पक्षका लागि जेल चलान भइसकेका छन् । गोरेले अदालतको बयानमा सुन तस्करी र सनम हत्याबारे के बयान दिएका छन् भन्नेबारे खुलेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC