साहित्य
काठमाडौं । साउन ११ गतेलाई प्रदर्शन मिति तय गर्दै नेपाली कथानक चलचित्र ‘चि मुसी चि’को पहिलो गीत रिलिज गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण युनिटले ‘तिमीले माग्छौ भने...’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो ।
सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर्ड छन् । म्यूजिकल थ्रिलर जनरामा निर्मित चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५ १६:३६
प्रतिक्रिया दिनुहोस्