site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले दिए राजीनामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । बिहीबार (आज) वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गरेर खड्काले राजीनामा दिएका हुन् । निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार काण्डमा मुछिएका उनी मन्त्रालय तानिएका थिए ।

कार्यकाल ६ महिना बाँकी हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरिएको बताएका छन्  । बिना जिम्मेवारी नौ महिनासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थन्किएर बस्नुपर्दाको पीडा सह्य नभएपछि पदबाट राजीनामा दिनुपरेको खड्काले बताए । आयल निगमको कार्यकारी निर्देशकको साइनबोर्ड झुन्ड्याएर बस्नुको कुनै अर्थ नरहेकाले आफूले राजीनामा दिएको उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खड्काले आफू नेतृत्वमा रहँदा निगमलाई सहज ढंगले पेट्रोलियम पदार्थको आपूर्ति गर्न सक्ने बनाउने प्रयास गरेको दाबी पनि गरे । निगममा पेट्रोलियम पदार्थको भण्डार क्षमता नहोस् र अभाव देखाएर आफ्नो व्यापार–व्यवसाय बढाउन सकियोस् भन्ने मनशायले आफूमाथि जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाइएको तर्क उनले गरे । खड्काले आफूले निगमको नेतृत्व गर्दा पेट्रोलियम पदार्थको मूल्य घटाएको, निगमलाई नाफामा लगेको जस्ता उपलब्धि हासिल गरिएको दाबी पनि गरे । 

मन्त्रालयमा तानिएका खड्कालार्इ कुनै जिम्मेवारी दिइएको थिएन । यसअघि सरकारले खड्कालार्इ पदमुक्त गरेकाे भए पनि अदालतले पुनर्बहाली गरिदिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement