site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राजविराज । गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा पर्दछ । 

चालू आर्थिक वर्षमा यो जिल्लाबाट झण्डै १३ हजार व्यक्ति वैदेशिक रोजगारीमा गएको केन्द्रका संयोजक रामप्रमेश मण्डलले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रका अनुसार, आव २०६८/०६९ देखि आव ०७३/०७४ सम्म जिल्लाबाट ७७ हजार ५०४ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा बढी मलेशियामा ३३ हजार २५२ जना गएका छन् भने कतारमा १७ हजार ३९, साउदी अरबमा १६ हजार ६८१, युएईमा दुई हजार ७९७, कुवेतमा एक हजार ९४२, बहराईनमा १६४, जोड्नमा १९६ र अन्य मुलुकमा दुई हजार ४५९ जना वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै एजेन्टबाट ठगी हुनेको संख्या पनि जिल्लामा अत्यधिक रहेको केन्द्रले जनाएको छ । आव २०७१/७२ देखि हालसम्मको अवधिमा एक हजार ३८९ जना आफू ठगिएको भनी निवेदन दिएको केन्द्रले जनाएको छ । 

Global Ime bank

केन्द्रको तथ्याँक अनुसार, राहदानी र पैसालिएर एजेन्ट सम्पर्कविहीन भएको घटनामा ९० जना, फरक काम देखाएर ठगिनेमा ८० जना, स्वास्थ्य परीक्षण गर्दा स्वदेशमा पास र रोजगारीमा गएको मुलुकमा फेल हुनेमा २० जना, पासपोर्ट लिएर लामो समयसम्म नउडाएर १६ जना कामदारले आफू ठगी गरेको आरोपमा निवेदन दिएका छन् । 

स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीयस्तरमा छलफलका माध्यमबाट तीमध्ये ८१८ वटा समस्या समाधान गरिएको र अन्य घटना समाधानको प्रक्रियामा रहेको पनि संयोजक मण्डलले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय