site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

त्रिपोली । लिबियाको जेलमा रहेका भनिएका पत्रकारको रिहाइका लागि यहाँ रहेको संयुक्त राष्ट्रसंघीय मिसनले माग गरेको छ । लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न उक्त कार्यालयले माग गरेको हो । ती दुई जना पत्रकारलाई बिना पक्राउ पूर्जी थुनामा राखिएकोमा विरोध पनि भई आएको थियो । 

उनीहरुको रिहाइका लागि संयुक्त राष्ट्रसंघीय मिसनले पुनःमाग गरेको समाचरमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई जना पत्रकारलाई लिबिया सरकारले अप्रिलको अन्तिम हप्तादेखि थुनामा राखेको छ । तर उनीहरुलाई के कति कारणले पक्राउ गरिएको हो भन्ने बारेमा मौखिकरुपमा बताएको भएपनि पक्राउ पूर्जी दिइएको छैन । 

बिना पक्राउ पूर्जी र कारण पत्रकारलाई सरकारले नै यसरी लामो समयसम्म थुनामा राख्दा प्रेस स्वतन्त्रता तथा नागरिकको विचार तथा अभिव्यक्ति अधिकार हनन् भएको भन्दै उनीहरुको रिहाइको माग गरेको हो । 

Global Ime bank

लिबियामा शान्ति स्थापनाको कार्यमा रहेको राष्ट्रसंघीय मिसन, युएनएसएमआइएलले ती पत्रकारको रिहाइको माग गरेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC