site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हेटौँडा । प्रदेश ३ को प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले कर तथा गैरराजश्व संकलनसम्बन्धी विधेयक २०७५ को प्रस्ताव टेबुल गरे ।  

सो प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दीपककुमार शर्मा, लेखनाथ दाहाल, सिर्जना साय्मी, सीता अधिकारी, विजया केसी श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता माझी, रीना गुरुङ, विराजभक्त श्रेष्ठ, रमेश पौडेल, निमा लामा, नरोत्तम वैद्य, शोभा शाक्य र प्रभात तामाङले जनसरोकारको विषय र गैरराजश्व संकलनमा आवश्यक ऐन कानुनको तर्जुमा गरी सर्वसाधारणको घरजग्गा रजिस्ट्रेसन पासतर्फ थप नवीकरण गरी राजश्व संकलनको दायरालाई फराकिलो पार्न सुझाव दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले पर्यटक भित्र्याउने सम्पदा, कृषि सडक, मनोरञ्जन कर, होर्डिङ बोर्ड विज्ञापनको करलगायत अन्य कर असुलीको अनुगमन गर्नुपर्ने सुझाव दिए । घरजग्गा रजिस्ट्रेसन पास गर्ने क्रममा सम्पन्न परिवारको जग्गाको मूल्य कम निर्धारण गरी राजश्व असुलीमा अनियमित हुने गरेकाले त्यस्ता गतिविधिलाई निगरानीमा राख्ने मालपोत र आन्तरिक राजश्व जस्ता कार्यालयलाई वैज्ञानिक पद्धतिबाट कर निर्धारण गर्न कानूनले अधिकार प्रत्यायोजित गर्नुपर्ने धारणा पनि व्यक्त भएको थियो । 

छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ढुंगेलले प्रदेशस्तरमा कृषि उत्पादन क्षेत्र, पर्यटक भित्रिने सम्पदा, मनोरञ्जन कर र विज्ञापन करलाई समायानुकूल सुधार गरी राजश्व वृद्धि गर्न प्रदेश सरकारले आवश्यक रणनीति तयार गरी लागू गर्ने दृढता व्यक्त गरे ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC