site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकप र नेताहरु : कोही ‘डाइहार्ड फ्यान\', कोही बेखबर
Ghorahi CementGhorahi Cement

काठमाडौं । फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिताको २१ औं संस्करण आजबाट रसियामा सुरु हुँदैछ । रसियामा भए पनि विश्वकप फुटबलले अहिले पूरै विश्वलाई छोएको छ । 
नेपाल पनि यसबाट अछूतो रहने कुरै भएन । खेल क्षेत्रसँग सम्बन्धितमात्र नभएर सबै पेशा¬–व्यवसाय तथा सबै उमेर समूहका नेपालीलाई अहिले फुटबल लागेको छ । फुटबल महाकुम्भको ‘मोह’बाट नेपाली राजनीतिज्ञहरु पनि अछूतो छैनन् । 

निधिलाई सानैदेखि फुटबलमा रुची
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिलाई माध्यमिक तहको अध्ययनताका फुटबल खेल्ने रुची थियो । उनी पैतृक थलो धनुषाको नगराइनदेखि जनकपुरको सरस्वती माविसम्म पढ्दा गाउँघर र आसपासका क्षेत्रमा साथीभाइसँग फुटवल खेल्ने गर्दथे । 

‘‘हामी स्कुल पढ्दा गाउँघरमा क्रिकेट खेल सुरु भएको थिएन । त्योबेला म फुटबल भने खेल्थे,’’ उनले बाह्रखरीसँगको टेलिफोन कुराकानीमा भने, ‘‘तर म कुनै एउटै विधाको मास्टर भने हुन सकिन । कहिले गोलकिपर, कहिले सेन्टर फरवार्ड त कहिले ब्याक फरवार्ड भएर खेल्थें ।’’

Agni Group

निधिको परिवारका सदस्य जर्मनी र अर्जेन्टिनाको ‘सपोर्ट’ मा विभक्त छन् । दिल्लीमा अध्ययनरत उनका जेठा छोरा जर्मनीका फ्यान हुन् भने कान्छा छोरा, निधि र निधिपत्नी अर्जेन्टिनाका प्रशंसक हुन् । 
‘‘म परमानेन्ट फ्यान त होइन । मलाई जर्मनी पनि मन पर्छ तर अर्जेन्टिना सफ्ट कर्नर हो,’’ उनले भने, ‘‘तर जो जिते पनि खेल राम्रो होस् ।’’ 

विश्वप्रकाश अर्जेन्टिनाका प्रशंसक
कांग्रेस प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मालाई मन पर्ने टीम हो, अर्जेन्टिना । उनी सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिताबाटै हरेक चार वर्षम आयोजना हुँदै आएको महाकुम्भमा अर्जेन्टिनाको समर्थन गर्दै आएका छन् । 

Global Ime bank

अर्जेन्टिनाका तत्कालिन स्ट्राइकर म्यारोडोनाको अभिव्यक्तिले मन छोए पछि आफूलाई अर्जेन्टिना मन पर्न थालेको कांग्रेस प्रवक्ता शर्माको भनाइ छ । ‘‘इंगल्याण्ड र अर्जेन्टिनाको क्याटरफाइनलमा भेट भयो, अघिल्लो दिन पत्रकारले म्यारोडोनालाई सोधे– गेम कल्ले जित्छ । उहाँले भन्नुभयो, हामी जित्छौं । कारण के हो ? हाम्रो आत्मविशवास । पत्रकारले फेरि सोधे– यस्तै आत्मविश्वास त १९८२ को फकल्याण्डको वारमा पनि थियो होला ? उहाँले भन्नुभयो– हो, त्यो वारमा हामी हारेका थियौं र इंगल्याण्डले जितेको थियो । किनकी त्यो वेला ब्रिटिसहरु एक्लै थिएनन् । त्यति बेला ब्रिटिसहरुसँग मैदानमा वीर गोर्खा रेजिमेन्ट पनि थियो । तर फुटबलको मैदानमा हामी उनीहरुलाई परास्त गर्छौ किनकी उनीहरु त्यहाँ एक्लै हुनेछन् । यो सुनेदेखि अर्जेन्टिना मन पर्छ,’’ अर्जेन्टिना मन पर्नुको कारण खुलाए शर्माले । 

गगन ब्राजिलका समर्थक
नेपाली राजनीतिमा युवाका ‘ढुकढुकी’ बनेका कांग्रेसका युवा नेता गगन थापा ब्राजिलका समर्थक हुन् । उनी सन् १९९० को विश्वकदेखि अहिलेसम्म लगातार ब्राजिलको समर्थन गर्दै आएका छन् । 
‘बी’ डिभिजन क्लबस्तरीय फुटवल प्रतियोगितामा विपक्षी विरुद्ध गोल गरेको अनुभव बोकेका थापाले बाह्रखरीसँग भने, ‘‘१९९० को वल्र्डकपबाटै म त ब्राजिलको डाइहर्ट फ्यान हो । राम्रो खेल्दा पनि, नराम्रो खेल्दा पनि ब्राजिललाई सपोर्ट गरियो । कहिल्यै तल–माथि भइएन ।’’

विश्वकप फुटबल प्रतियोगिताको चर्चा सुरु भएसँगै उनलाई दशरथ रंगशालामा ०५०–०५१ सालमा आयोजित ‘बी’ डिभिजन क्लबस्तरीय फुटबल प्रतियोगितमा सोसियल योङ स्पोर्टस् क्लवका लागि विपक्षीको गोलपोष्टमा बल चुमाएको क्षण सम्झना आउँछ । 

‘‘वल्र्डकपको चर्चा सुरु भयो कि मलाई रंगशालामा गोल गरेको याद आउँछ । धेरै पछिसम्म मैले गोल हानेको समाचार छापिएको पत्रिका त सम्हालरै राखेको थिएँ,’’ युवा नेता थापाले अनुभव सुनाए । 
सन् १९९० को विश्वकप सुरु हुनै लाग्दा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका डिएगो म्यारोडोना ‘ठूलो’ कि ब्राजिलका पेले ‘ठूलो’ भनेर सँगै फुटबल खेल्ने साथीहरु विभक्त भएको पनि उनले सुनाए । उक्त प्रतियोगिता सुरुवातअघिका दिनहरुमा टेलिभिजनमा पेलेको बारेमा प्रशारण भएको डकुमेन्ट्रीले आफूलाई पेले र ब्राजिलको ‘डाई हर्ट फ्यान’ बनाएको थापाको भनाइ छ । 

एसियन मुलुकले ट्रफी उचालेको हेर्ने प्रदीपको चाहना
कांग्रेसका युवा नेता प्रदीप पौडेललाई फुटबल खेलेको अनुभव नै छैन । पहाडमा जन्मे हुर्के र पढेका युवा नेता पौडेलले विद्यार्थी जीवनमा भलिबल भने खेलेका छन् । फुटबल खेलेको अनुभव नभए पनि राजनीतिमा होमिएसँगै समाजसँग घुलमिल हुँदै जाँदा उनलाई विश्वकप फुटबल हेर्ने लत भने लागेको छ । ‘‘म त पहाडमा पढेको, भलिवल खेलिन्थ्यो । समाजसँग घुलमिल हुँदै जाँदा वल्र्डकपको चर्चा र चासोले मलाई पनि छोयो । त्यसपछि गेम हेर्न थालियो,’’ पौडेलले अनुभव सुनाए । 

विश्वकप फुटबलमा एसियन मुलुकले ट्रफी उचालेको हेर्ने रहर उनको छ । तर पौडेलले अहिलेसम्म कुनै एक टीमलाई समर्थन भने गरिसकेका छैनन् । ‘‘म अहिले अपडेट पनि छैन । गेम हेरेर राम्रो खेलाडी प्रति सहानुभूति बढ्छ र उसको टीमले जितोस् भन्ने हुन्छ,’’ उनले बाह्रखरीसँग भने । 

नेम्वाङ अर्जेन्टिनाका सदावहार फ्यान
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ हरेक विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई ‘सपोर्ट’ गर्दै आएका छन् । लिओनल मेस्सी उनको मन पर्ने खेलाडी हुन् । यस पटकको विश्वकपको ट्रफी अर्जेन्टिनाले उचाल्नेमा नेम्वाङ ढुक्क छन् । 

अध्यक्षद्वयलाई फुर्सद र चासो दुवै छैन
हालै गठित ने क पाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने विश्वकपले छोएको छैन । ओली पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पनि हुन् भने प्रचण्ड पनि पार्टी कार्यक्रममा हिँडिरहन्छन् । दुवै नेतालाई विश्वकपबारे त्यति चासो नभएको र त्यसका लागि समय पनि नभएको उनी निकटस्थहरु बताउँछन् ।  

अपडेट छैनन् रवीन्द्र
विवेकशील साझा पार्टीका संयोजक तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख रवीन्द्र मिश्रले पनि विश्वकपतिर त्यति ध्यान दिन पाएका छैनन् । आफू उपत्यका बाहिर पार्टीको काममा व्यस्त भएका कारण विश्वपका बारेमा ‘अपडेट’ नरहेको उनले प्रतिक्रिया दिए । 

मन्त्रीहरु पनि बेखबर
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मातृका यादव, उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव, ऊर्जा मन्त्री वर्षमान पुन तथा ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि विश्वकपको बारेमा त्यति जानकार नरहेको र कसैको फ्यान नभएको प्रतिक्रिया दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC