site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

इटहरी, रासस । सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ । 

इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गरे । 
सो भवनमा दुईवटा प्रदर्शन हल रहेका छन् । एउटा हलको क्षमता २०८ जना अटाउने तथा अर्को हलको क्षमता १०८ जना अटाउने रहेको छ । चलचित्र निर्माता छवि ओझा, चलचित्र वितरकका रुपमा कार्यरत कुवेर शर्मा र कलाकार पृथ्वी प्रसार्इं लगायतको लगानीमा सो हल सञ्चालनमा आएको हो । 

इटहरीमा यसअघि सञ्चालनमा रहेका श्रीकृष्ण टाकिज र पशुपति चलचित्र भवन हाल बन्द छन् । उपमहानगरपालिकामा व्यवसायी रेवती दुलालले सञ्चालन गर्नुभएको दुईवटा हल सहितको चलचित्र भवन सञ्चालनमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०७५  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC