site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘छिचोल्दै बादलका घुम्टाहरू’
Ghorahi CementGhorahi Cement

– राजेश खनाल 


सीताराम उप्रेतीले कविता र अन्य विधामा कलम चलाउन थालेको तीसौं वर्ष नाघे पनि कृतिका रूपमा पहिलो किताब २०७३ सालमा मात्रै ल्याए । उनको लेखन यात्राको थालनी कविताबाटै भएको हो । तर, यतिबेला उनी संस्मरण र नियात्रा लेखनमा रमाइरहेका छन् । यसैले पनि उनको पहिलो कृतिमा संस्मरण र नियात्रा दुबै समेटिएका छन् ।

सीतारामले ल्याएको पहिलो किताब ‘छिचोल्दै बादलका घुम्टाहरू’मा ११ वटा संस्मरण र नियात्रा गरेर कुल २२ वटा रचना समेटिएका छन् । उनका यी रचना पाठकका लागि रसपूर्ण नै छन् ।

Agni Group

आफ्नो भनाइमा सीताराम लेख्छन्, “मलाई एकजना लेखकले भनेका थिए, लेख्दै गर्नू, आफैं परिपक्व हुँदै गइन्छ । परिपक्व भएर मात्र लेख्ने काम कदापि हुँदैन ।”

उनलाई यो भनाइ ठीक लाग्यो । त्यसैले पनि उनले लेख्दै गए । त्यसैको निरन्तरता हो उनको यो कृति ।

Global Ime bank

लेखक देवीचन्द्र श्रेष्ठसँग उनको सानिध्य अधिक छ । मैले धेरै पटक नियात्राकार देवीचन्द्रसँग सीतारामलाई भेटेको छु । त्यसो त देवीचन्द्र मात्रै होइनन्, धेरैसित उनको मधुर सम्बन्ध छ । धेरैसँग उनको सानिध्य छ, जुन सानिध्य उनको यो कृतिमा संग्रह गरिएका रचनाहरूमा स्पष्टसँग भेट्न सकिन्छ ।

व्यक्तिगत सम्बन्धका हकमा सीताराम सबैसँग सौहार्द्र सम्बन्ध राख्ने व्यक्ति भनिदिँदा फरक पर्दैन । उनी आदर गर्नुपर्नेलाई आदर गर्छन् । माया गर्नुपर्नेलाई माया पनि उत्तिकै गर्छन् । उनी सहयोगी पनि उत्तिकै छन् ।

उनको यो पुस्तकका हरफ–हरफमा उनको व्यवहार कुशलता झल्किन्छ । उनले आफ्ना रचनाहरूमा ती कुरा खासै नखोले पनि कतिपय विषय, सन्दर्भले उनको सहयोगी र मिलनसार व्यवहारको झल्को दिन्छन् ।

सीतारामले ‘छिचोल्दै बादलका घुम्टाहरू’को पहिलो भागमा नेपाली साहित्य, र राजनीति र अन्य क्षेत्रमा संलग्न विभिन्न व्यक्तित्वहरूलाई सम्झिएका छन्, संस्मरणमार्फत । उनले यसै भागमा आफूलाई पढाउने गुरुहरूलाई पनि सम्झिएका छन् ।

पुस्तकको पहिलो शीर्षकमै उनले वल्लभमणि दाहाललाई सम्झिएका छन् ।  उनीसँग जोडिएको स्मृतिपछि उनले झापाली साहित्यकार तथा साहित्यिक पत्रकार भवानी घिमिरेलाई लिएर संस्मरण लेखेका छन् । लेखक आफू पनि झापाको भएकोले उनले झापाका केही प्रसंग पनि जोडेका छन् ।

नयाँसडकमा आज पनि कविहरू बस्ने एउटा कुनो छ । साँझपख त्यहाँ कवि, लेखक भेला हुन्छन् र चियाचर्चा लामै चल्छ । पहिले पिपलबोट नजिकै थियो कवि कुनो, जहाँ कवि उपेन्द्र श्रेष्ठको अगुवाइ सधैंजसो रहन्थ्यो । अचेल पनि त्यो कुनो यथावत् छ ।

कवि कुनोका सारथि उपेन्द्रसँगका विविध कुरा उनले संस्मरणमा उल्लेख गरेका छन् । उनका ११ संस्मरणमा रमेश विकल, ध.च. गोतामे, केशवराज पिँडाली, गोविन्द वर्तमान, विष्णु नवीनजस्ता साहित्यकारहरूको सम्झना गरेका छन् भने केही राजनीतिकर्मीलाई पनि एउटा संस्मरणमा प्रस्तुत गरेका छन् ।

पहिलो खण्डको एउटा संस्मरणमा उनले आफ्ना चार गुरुहरू नारायण भट्टराई, गोविन्दप्रसाद भट्टराई, हेमलाल न्यौपाने र घटराज भट्टराईलाई सम्झिएका छन् । उनीहरूसँगका घटना÷परिघटनालाई संस्मरणमा उतारेका छन् ।

पुस्तकको दोस्रो खण्डमा उनले ११ वटा नियात्रालाई पस्केका छन् । यसमा संगृहीत नियात्राहरूमा सूदूरपश्चिमसम्म पुगेर पाठकलाई आफैंसँग यात्रा गराउन तत्पर देखिएका छन् ।

उनले नियात्रा खण्डमा सुर्खेत भ्रमण गराएका छन् भने पाठकलाई टनकपुर र महेन्द्रनगर पनि पुर्‍याएका छन् । सगरमाथाको फेदी लुक्लाबाट देखिएको क्वाङ्दे हिमालको शाब्दिक वर्णन पनि गरेका छन् । कहिले तराईको कृष्णनगर, कहिले ताप्लेजुङ त कहिले कञ्चनपुरको जंगलसम्म पुर्‍याएका छन् । भारतीय धार्मिकस्थल कामाख्या देवीको दर्शनमात्रै नभई जोमसोम हुँदै मुक्तिनाथको पनि दर्शन गराएका छन् । सरल वर्णन शैलीका कारण पाठक आफैं उनीसँग यात्रा गरिरहेको अनुभूत गर्न सक्छन् ।

उनको रचना शिल्पमा उनले जानेका, बुझेका कैयन् प्रसंगहरू पनि जोडिएर आएका छन् । यसले संस्मरण र नियात्रालाई रोचक पनि बनाएको छ ।

समग्रमा यो पुस्तक पठनीय भए पनि उनले यसमा संगृहीत संस्मरण तथा नियात्रालाई बेग्लाबेग्लै पुस्तकको रूप दिएको भए अझै बेस हुने थियो । उनको किताब पढ्दा दाँतमा खिटिक्क बिझ्ने ढुंगो भनेको यतिमात्रै हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०७५  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC