site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपमा मेस्सीको जादु चल्न सक्छ ? यस्तो छ इतिहास 
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वकप फुटबलको समूह डीको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो डेब्यु खेलमा नै बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग आइसल्याण्डले खेल्न लागेको हो ।

स्पार्टक रंगशालामा नेपाली समयअनुसार ६ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ ।  दुबै टिम आफ्नो पहिलो खेलमा जित हात पार्दै विश्वकपमा शानदार सुरुवात गर्ने दाउमा छन् । बलियो प्रतिद्वन्द्वीविरुद्ध विश्वकपको पहिलो खेल खेल्न आइसल्याण्डलाई निकै गाह्रो हुन सक्ने आकलन गरिएको छ । तर पनि दुईवर्षअघि युरोपियन च्याम्पियनसिपमा आइसल्याण्डको सशक्त उपस्थिति थियो ।

विश्वकपमा अर्जेन्टिनाको यस्तो छ इतिहास
\"\"

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपमा अर्जेन्टिना आफुलाई सशक्त टिमको रुपमा मैदान उतार्ने तयारीमा रहेको छ । विश्वचर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप खेल्दैछ । पाँचपटकका विश्व वर्षखेलाडीसमेत रहेका मेस्सी अर्जेन्टिनाको तर्फबाट विश्वकपको उपाधि उचाल्न चाहन्छन् । 

विश्वकपमा दुई पटक अर्जेन्टिनाले विश्वकप जित्दा तीन पटक उपविजेता बनेको छ । तीन पटक उपविजेता हुँदा दुई पटक फाइनलमा जर्मनीसँग अर्जेन्टिना पराजित भएको छ । त्यस्तै, एक पटक भने सन् १९३० मा भएको विश्वकपमा उरुग्वेसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको अर्जेन्टिनासँग तितो इतिहास छ । तर, त्यो तितो इतिहासलाई बदल्ने रणनीतिमा अर्जेन्टिना छ ।

Global Ime bank

८८ वर्षे विश्वकपको इतिहासमा अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा गरी दुई पटक विश्वकपको उपाधि उचालेको छ । विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा १८औं पटक अर्जेन्टिना विश्वकपमा सहभागि भईसकेको छ भने यो १९ औं सहभागिता हो ।

अर्जेन्टिनाले पहिलो पटक सन् १९७८ मा विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपको उपाधि उचाल्दै आफ्नो इतिहास बनाएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि जर्मनीलाई पराजित गर्दै उपाधि उचालेको थियो ।
सन् १९९० मा भएको विश्वकपको उपविजेता बनेको अर्जेन्टिना सन् २०१४ मा भएको विश्वकपमा पनि उपविजेतामै चित्त बुझाएको थियो ।

प्लेयर्स टु वाच
 

लियोनल मेस्सी
\"\"

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी मेस्सीले फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका हुन् । उनले करिअरकै पहिलो विश्वकप २००६ मा सर्वियाविरुद्ध १ गोल गरेका थिए । उनको त्यो गोल विश्वकपमा पहिलो गोल थियो ।

सन् २०१० मा अर्जे्न्टिनाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा  नियमित कप्तान जाभियर मासिरानोको अनुपस्थितिमा मेस्सीले कप्तानीको भूमिका निर्वाह गर्ने अवसर पनि पाएका थिए । विश्वकपमा अर्जेन्टिना त्यसबेला क्वाटरफाइनल पुगेपनि मेस्सीले भने एक गोल पनि गर्न सकेनन् । क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

सन् २०१४ को विश्वकप भने अर्जेन्टिनाले मेस्सीकै कप्तानीमा खेल्यो र उपविजेतासम्म पुग्यो । तेस्रो पटक विश्वकप खेल्दै गरेका मेस्सीले यो पटक भने ५ गोल गर्न सफल भएका थिए । उनले समूह चरणमा बोस्निया र इरानविरुद्ध १–१ गोल गरेका थिए भने नाइजेरिया विरुद्ध २ गोल गरेका थिए ।

त्यस्तै, मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पु¥याउदा नेदरल्याड्स विरुद्धको सेमिफाइनलको पेनाल्टी सुटआउटमा १ गोल गरेका थिए । फाइनलमा जर्मनीसँग १–० गोलअन्तरले अर्जेन्टिना पराजित भएपछि आफ्नो देशलाई आफ्नै कप्तानीमा विश्वकपको उपाधि दिलाउने मेस्सीको सपना समाप्त भएको थियो । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेपनि आफ्नो टिमलाई उपाधि दिलाउन भने असक्षम रहेका थिए ।

मेस्सीलाई फेरि पनि यो अर्को सुनौलो मौका मिलेको छ विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने । मेस्सीको लागि यो अन्तिम मौका पनि हो । 

एन्जल डि मारिया

\"\"

एन्जल डि मारिया निकै अनुभवि खेलाडी हुन् । ३० वर्षीय मारिया अर्जेन्टिनाका एक शसक्त खेलाडी हुन् । २०१४ मा अर्जेन्टिनाका सशक्त खेलाडी मध्यका हुन् डि मारिया ।  मिड्फिल्डर मारियाको सन् २०१० को विश्वकप पहिलो थियो । मारिया यो विश्वकपमा पनि अर्जेन्टिनाको मुख्य रोजाइका खेलाडी हुन् ।
२०१४ को विश्वकपमा मारियाले स्वीट्जरल्याण्ड विरुद्ध १ गोल गरेका थिए । उनकै एक गोलको मद्दतमा अर्जेन्टिनाले २०१४ को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । मारिया लङ सर्ट प्रहार गर्न निकै माहिर मानिन्छन् ।
 
विश्वकपका लागि अर्जेन्टिना टिम

गोलरक्षक – सर्जियो रोमेरो, विली कबाल्लेरो, फ्रान्स्को अर्मानी

डिफेन्डर – जाभियर मासिरानो, गाब्रिएल मेर्काडो, निकोलस ओकामेन्डी, फेड्रिको फजियो, मार्कुस रोजा, निकोलस ताग्लियाफिको, मार्कुस अकुना, क्रिस्टियन अन्सल्डी 

मिडफिल्डर – म्यानुएल लान्जिनी, म्याक्सीमिलानो मेजा, लुकास बिग्लिया, इभर बेनेगा, जियोभानो लो सेल्सो, एन्जल दि मारिया, क्रिस्टियन पाभोन, इडुर्वाडो साल्भियो

फरवार्ड – लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबला, गोन्जालो हिगुईन

 

आइसल्याण्ड विश्वकपमा डेब्यु गर्दै
 

आइसल्याण्डको यो पहिलो विश्वकप हो । आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्न लागेको हो । आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक फड्को मार्ने लक्ष्य आइसल्याण्डको रहेको छ । २०१६ को युरोकपमा अपत्यारिलो तरिकाले क्वाटरफाइनलसम्म पुगेको आईसल्याण्ड रसिया विश्वकपमा पनि त्यस्तै जादु गर्ने रणनीतिमा छ ।

प्लेयर्स टु वाच

गिल्फी सिगुर्डसन
\"\"

गिल्फी सिगुर्डसन आइसल्याण्डका आक्रमक मिड्फिल्डर हुन् । आइसल्याण्डबाट विश्वकप टिममा छनोट भएका खेलाडी मध्ये सर्वाधिक गोलकर्ता पनि हुन्, सिगुर्डसन । सिगुर्डसनले अहिलेसम्म ५७ खेलबाट १९ गोल गरिसकेका छन् । २८ वर्षीय सिगुर्डसनले सन् २०१० देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् ।

सन् २०१६ को युरोकपमा पनि महत्वपूर्ण भूमिका निभाएका सिगुर्डसन राम्रो लयमा देखिएका छन् । आइसल्याण्ड विश्वकपमा पहिलो पटक छनोट हुदा उनी भूख्य खेलाडी थिए ।

अल्फ्रेड फिनबोगासन 

\"\"

अल्फ्रेड फिनबोगासन आइसल्याण्डका अनुभवि फरवार्ड हुन् । उनी माथि आइसल्याण्ड टिमको निकै विश्वास छ ।  फिनबोगासनले आफ्नो टिमलाई जित दिलाउन सक्ने हैसियत राख्दछ । उनले अहिलेसम्म ४७ खेलबाट १३ गोल गरेका छन् । २९ वर्षीय फिनबोगासनले सन् २०१० देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् ।

विश्वकपको लागि आइसल्याण्ड टिम

गोलरक्षक – ह्याण्ड थोर हल्डरसन, रुनार रर्नसन, फ्रेड्रिक स्क्राम

डिफेन्डर– कारि आर्नसन, एरि स्केलसन, विरकिर सेभरसन, सेभरिर इंगासन, होरदुर म्याग्लसन, होल्मार आइजल्फ्सन, रग्नार सिर्गडसन

मिडफिल्डर – जोहान ग्राउण्डन्डसन, बिरकिर बर्जनन,  आर्नोस ट्रान्सटसन, इमिल्लेफ्रेडसन, गिल्फी सिगुर्डसन, ओलिफुर स्कुलासन, रुरिक गिस्लासन, सामुअल फिर्डजोनसन, आरोन गुनारसन

फरवार्ड – अफ्रेड फिनबोगासन, बर्जन सिगुर्डसन, जोन डैडी बोडरसन, अल्बट गुदुडसन
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०७५  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC