site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
मेस्सीको जादु कन चल्न सकेन ? पेनाल्टीमा पनि चुके 
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह डि मा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको छ । तर, गोल मेसिन भनेर चिनिने विश्वचर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको जादु भने चलेन ।

कप्तान लियोनल मेस्सीले सुरुवाती समयमा केही आक्रामक खेल खेल्ने प्रयास गरेपनि विपक्षी टिमका खेलाडीले बिफल पारिदिए । पहिलो हाफको मध्यम समयमा मेस्सीले प्रहार गरेको बल आइसल्याण्डका गोलकिपरले रोकिदिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सटिक पास निकालेपनि मेस्सीले पहिलो हाफमा आक्रामक खेल खेलेनन् । मेस्सीले खेल अवधिभर १० वटा सर्ट प्रहार गरेका थिए तर उनको एउटा बल पनि गोल हुन सकेन । खेलको ८० औं मिनेटमा मेस्सीले प्रहार गरेको बल साइडबारको नजिकैबाट बाहिरिएको थियो । एकपछि अर्को सर्ट प्रहार गरेपनि मेस्सी सफल हुन भने सकेनन् ।

यसैबीच कप्तान मेस्सी पेनाल्टीमा पनि चुकेका छन् ।  आइसल्याण्डका खेलाडीले डिबक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो  खेलको ६४ औं मिनेटमा पेनाल्टी हान्ने क्रममा मेस्सी फेरि एकपटक चुकेका हुन् ।

Global Ime bank

यसअघि सन् २०१६ मा कोपा अमेरिका कप फुटबलको फाइनलमा चिली विरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिना पराजित हुँदा मेस्सीले पेनाल्टी मिस गरेका थिए । फाइनलमा चिलीसँग हार्नु र पेनाल्टीमा चुक्दा कप्तान मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका राष्ट्रपतिदेखि सबैको दबाबमा मेस्सीले सन्यास फिर्ता लिएका थिए ।

मेस्सीलाई विश्वकप फुटबलको उपाधि दिलाउने यो अन्तिम मौका हो । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सी आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल रहेका थिए । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC