site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीको चीन भ्रमण र नेपालको बजार भाउ
Sarbottam CementSarbottam Cement

रसियामा हुँदैगरेको विश्वकप फुटबलको ज्वरोले सम्पूर्ण विश्वलाई नै गाँजेको अवस्थामा नेपाली दैनिक पत्रिकाले विश्वकपका सबै खेलको समाचार अर्को दिनको बिहानै दिन नसक्नुको कारणले उनीहरूले प्रथम पृष्ठमा दिने समाचारको केन्द्र बदलिएको छ । गएको साता प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते मंगलवारदेखि हुनलागेको चीन भ्रमणको समाचारमा दैनिक पत्रिकाले प्रथम पृष्ठको स्थान खर्चेका छन् भने त्यसबाहेक बजार भाउ, खाद्य पदार्थमा मिसावट, ठेकेदारहरूको आर्थिक अपारदर्शिता जस्ता विषयलाई महत्व दिएर समाचार प्रकाशित गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता अध्यक्ष किम जोङ उनका बीच सिंगापुरमा भएको शिखरवार्तालाई पनि नेपाली दैनिक पत्रिकाले निकै महत्त्व दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ गतेदेखि चीन भ्रमण गर्ने समाचारसहित चीन भ्रमणका एजेन्डा के के हुनेछन् भन्ने विषयलाई नयाँ पत्रिकाले जेठ ३० गते बुधबारको पत्रिकामा मुख्य समाचार बनाएर प्रकाशित गर्‍यो । नयाँ पत्रिकाका अनुसार व्यापार तथा पारवहन सम्झौताका प्रोटोकलमा पनि सम्झौता हुनेछ । अर्थात्, कुन कुन वस्तु कस्तो प्रकारको छुट, के सुविधा, कुन नाका प्रयोग गर्ने भन्ने विषयमा प्रोटोकलमा विस्तृतमा प्रष्ट पारिएको हुन्छ । त्यसबाहेक तातोपानीस्थित मितेरी पुल तथा रसुवागढीमा स्याफ्रुबेसी जोड्ने पुल निर्माणको सम्बन्धमा प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी सम्झौता हुनेछ । साथै काठमाडौं–केरुङ रेलमार्ग निर्माणमा पनि समझदारी हुनेछ । यो समाचारलाई गोरखापत्रले बिहीबारको पत्रिकामा छापेर पुष्टि गरेको छ । मूलतः प्रधानमन्त्री ओलीको चीन भ्रमणका अगिल्लो भ्रमण क्रममा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा केन्द्रित हुने भनेर गोरखापत्रले समाचारमा लेखेको छ । सोही दिन राजधानी, हिमालय टाइम्सले पनि सरकारले सार्वजनिक गरेको समाचार प्रकाशित गरे । नयाँ पत्रिकाले भने आफैँले सुरु गरेको समाचारलाई बिहीवार पनि औपचारिकरुपमा सानो समाचार दिएर दोहोर्‍यायो । अन्नपूर्ण पोस्टले यो समाचारलाई शुक्रवारमात्र मुख्य समाचार बनायो । त्यो समाचारमा पोस्टले हरेक दिन प्रधानमन्त्रीको भ्रमण कार्यक्रम कस्तो हुने भन्ने सूचीसमेत प्रकाशित गर्‍यो । कान्तिपुरले पनि शुक्रवार पहिलो पृष्ठको तल्लो भागमा सो समाचार प्रकाशित गर्‍यो । राजधानीले तीन वटा सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृत गरेको समाचार प्रकाशित गर्‍यो । नागरिकले आठभन्दा बढी सम्झौतामा हस्ताक्षर हुने समाचार प्रकाशित गर्‍यो । 

असार १ गते विधानतः सबै सातवटा प्रदेशले बजेट ल्याउने निश्चित थियो । नयाँ पत्रिकाले यो समाचार पनि अन्य दैनिकभन्दा एक दिनअघि नै ब्रेक गर्‍यो । नयाँ पत्रिकाले कुन प्रदेशमा कत्रो बजेट र कुन कुन विषयमा प्राथमिकता दिइँदै छ भन्ने समाचार असार १ गते शुक्रवारै सार्वजनिक गर्‍यो । गोरखापत्रले पनि सो दिन प्रदेशको बजेट आउने समाचार प्रकाशित गरेको थियो । शुक्रवार जब सबै प्रदेशको बजेट आयो अनि शनिवार भने सबैजसो पत्रिकामा प्रादेशिक बजेटको समाचार आएको देखियो । नागरिक तथा राजधानीले प्रादेशिक बजेटलाई प्रथम पृष्ठमा नै स्थान दिए पनि अन्य दैनिकले यो समाचारलाई खासै महत्त्व दिएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रिपर आतंकको विषयमा कान्तिपुर तथा अन्नपूर्ण पोस्ट
 

भक्तपुरको जडिबुटीमा एक ट्रिपरको ठक्करबाट बुधबार बिहान युवतीको मृत्यु भएपछि स्थानीयले सो ट्रिपरमा आगो लगाइदिए । जेठ ९ गते भक्तपुरको नलिन्चोकमा ट्रिपरको ठक्करले तीन जनाको ज्यान गयो । खाली सडकमा युवा ट्रिपर चालकले अत्यन्त वेगका साथ चलाउने भएकाले यी र विगतमा यस्तै प्रकृतिका ट्रिपर दुर्घटना हुनेगरेको कान्तिपुरको समाचारमा जनाइएको छ । जेठमा मात्र उपत्यकाभित्र ट्रिपरले चारजनाको ज्यान लिएको अन्नपूर्ण पोस्टले लेखेको छ । 

Global Ime bank

पूर्व युवराजको समाचारलाई व्यर्थको महत्त्व
 

जेठ ३१ गतेको नयाँ पत्रिका दैनिकले पूर्वयुवराज पारस शाहले मोटर अनियन्त्रित तवरले चलाएको समाचारलाई मुख्य समाचार बनाएर प्रकाशित गरेको छ । सो समाचारअनुसार शाहले केही स्थानमा ट्राफिकले रोक्न खोजेको समयमा नरोकेको बाहेक अन्य गल्ती गरेको देखिँदैन । तथापि, ट्राफिकले मोटर रोकेर पारस शाहको ब्लुबुक तथा लाइसेन्स लिई रु. पाँच सय जरिवाना तिराएको छ । यो समाचारलाई नयाँ पत्रिकाले टेब्लोएड पत्रिकाले जस्तै गरी निकै ठूलो महत्त्व दिएको देखिन्छ ।  

सम्पादकको हत्या समाचार बनेन ! 
 

भारतको जम्मु–कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कस्मिर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीवार गोली हानी हत्या भएको छ । यो समाचारलाई कान्तिपुरले शुक्रवारको पत्रिकामा महत्त्वका साथ प्रकाशित ग¥यो तर अन्य दैनिकले बेवास्ता गरे । श्री नगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदैगरेका ४८ वर्षीय बुखारीमाथि गोली प्रहार हुँदा उनी र उनका एक सुरक्षा अधिकृतको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

दूधमा सोडा, युरिया र नुन
 

कान्तिपुर दैनिकमा सुरज कुँवरले जेठ २९ गते मंगलवार खाने दूध उत्पादन गर्ने २५ डेरीका ४२ ब्रान्डका दूधमध्ये ४० वटामा मानव स्वास्थ्यका लागि हानिकारक सोडियम बाइकार्बोनेट (सोडा) मिसाएको समाचार संप्रेषित गरेका थिए । कृषि मन्त्रालयमा आएको गुनासो पश्चात कृषिमन्त्रीले छापा मारेपछि मात्र समाचार आएको हुनाले आफैँले खोजेको समाचार भएता पनि मानव स्वास्थ्यमा गंभीर असर पर्ने विषय भएकोले यो समाचारले धेरैलाई आतंकित बनायो । बुधबार अर्को समाचार प्रकाशित गर्दै खाने दूधमा साबुनमा प्रयोग गरिने रसायन, मलको रुपमा प्रयोग गरिने युरिया, नुन, चिनी पनि मिसाइने समाचार कुँवरले लेखे । यो समाचारको प्रभाव स्वरुप दूधको बिक्री आधा घटेको देखिएको छ । दूधको विक्री आधा घटेको समाचार भने शुक्रवारको हिमालय टाइम्सले प्रकाशित गरेको छ । 

नागरिक दैनिकमा दिलीप पौडेलले बजारमा उपलब्ध खाद्य वस्तुमा डरलाग्दो मिसावट भएको समाचार संप्रेषण गरेका थिए । सो समाचारअनुसार तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुटका धेरै ब्रान्ड दूषित र गुणस्तरहीन भेटिएपछि गुणस्तर नियन्त्रण विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ । बजारकै सन्दर्भमा मंगलवारको नयाँ पत्रिकाले बजेटपछि बजार भाउ कसरी अकासियो भनेर समाचार प्रकाशित गरेको छ । सो समाचारमा तेल, तरकारी, खाद्यान्नको मूल्य बजेट अघि कति थियो र बजेट पछि कति पुगेको छ भन्ने सूची नै प्रकाशित गरिएको छ । 

तस्बिर : प्रधानमन्त्रीको सचिवालय 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC