site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हङकङमा नेपाली पर्यटनको चर्चा, ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्रयाउने निर्देशकको दाबी
Sarbottam CementSarbottam Cement


काठमाडौं । जेठ ३१ देखि असार ३ सम्म हङकङमा आयोजित ३२ औं अन्तर्राष्ट्रिय पर्यटनमेला तथा १३औं माइस पर्यटन मेला २०१८ सम्पन्न भएको छ । हङकङमा विशेष महत्वका साथ हेरिने यस मेलामा नेपालबाट नेपाल पर्यटन बोर्ड तथा नेपाल वायुसेवा निगमसहित अन्य ४ निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले सहभागिता जनाएका थिए । 

हङकङबासीहरुले आफ्नो यात्रा गन्तव्य छान्ने पर्वका रुपमा लिने यस मेलामा सहभागी नेपाली प्रतिनिधिहरुले सन् २०२० मा नेपालले मनाउने ‘नेपाल भ्रमणवर्ष २०२०’ को चर्चा र प्रवद्र्धन गर्ने उपयुक्त अवसरको रुपमा प्रयोग गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त मेलामा नेपाल वायुसेवाले प्रवद्र्धनात्मक हवाइभाडा तथा सहभागी पर्यटन व्यवसायीहरुद्धारा विशेष भ्रमण प्याकेजहरु दिई यहाँका व्यवसायीहरु तथा सम्भावित भ्रमणकर्ताहरुलाई नेपाली स्टलमा आकर्षित गराएको तथा नेपाल पर्यटन बोर्डले बुद्धको मूर्ति, नेपाली टोपी, आँखीझ्यालजस्ता नेपाली मौलिक सामग्री साथै सगरमाथा, लुम्बिनी, पोखराका पोष्टर निःशुल्क वितरण गरेको पर्यटन बोर्डले जानकारी दिएको छ ।

करिब ५ दर्जन देशका ६ सय ७० प्रदर्शनकर्ताहरु सहभागी रहेको उक्त मेलाको २ दिने व्यापारिक कार्यक्रममा हङकङ र चीनका प्रमुख सहर तथा अन्य मुलुकका गरी १२ हजार बढी व्यापारिक तथा माइसमा रुचि राख्ने व्यक्ति र अन्य २ दिने सर्वसाधारण मेला कार्यक्रममा करिब १ लाख आगन्तुकहरुले मेलामा सहभागिता जनाएका थिए ।

Global Ime bank

कार्यक्रमा सहभागी पत्रकारहरुसँग बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालले सन् २०२० मा २० लाख पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्य राखेको र हाल हङकङ, चीनलगायतबाट जारी पर्यटन आवागमनमा दोब्बर वृद्धि गर्ने योजना रहेको बताउँदै नेपालले विभिन्न पर्यटकीय पूर्वाधारहरुको विकास–निर्माण गरिरहेको साथै नेपाली परिकारको विश्वव्यापीकरण गर्नेसमेत बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०७५  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC