site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भूकम्प गएको तीन वर्ष बिते पनि विद्यालय पुनर्निर्माणको प्रगति निराशाजनक देखिएको छ । दुई हजार बढी भत्किएको विद्यालयमा सम्बन्धित निकाय नै नपुगेको अवस्था छ ।

शिक्षा पत्रकार मञ्चले साेमबार अायोजना गरेकाे कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले दिएको जानकारीअनुसार तीन वर्ष बितिसक्दा पनि हालसम्म ४६ जिल्लाका २ हजार २३ वटा विद्यालयहरुमा पुनर्निर्माणको कार्यलाई सम्बोधन नै गरिएको छैन । 
बच्चाहरु टेन्टमा पढ्न बाध्य रहेको बताउँदै प्रवक्ता अर्यालले दातृ निकायहरुमध्ये चीनले १० वटा विद्यालय र भारत सरकारले ७० वटा विद्यालय पुनर्निर्माण गर्ने सहमति भए पनि हालसम्म चीन सरकाले दरबार स्कुलसहित तीन वटा विद्यालयमा पुनर्निर्माणको काम सुरु गरेको बताए । भारत सरकारले ७० वटा बनाउने भने पनि हालसम्म एउटा विद्यालयको पनि पुनर्निर्माण कार्य सुरु गरेको छैन । 
भारतीय अनुदान सहयोगमा विद्यालय भवन आयोजना अन्तर्गत गोरखा, धादिङ, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, काभ्रे गरी ७ जिल्लाका प्रति जिल्ला १० का दरले ७० विद्यालय निर्माण गर्ने बताइएको छ । जसको लागि ५ अर्ब आवश्यक बजेट चाहिन्छ । आयोजनाको प्रगति हेर्दा भने १३ वटा विद्यालयको डीपीआर भारतीय दूतावासमा पठाइएको र सो मध्ये नुवकोट र गोरखाका ३ सय ८ विद्यालयहरुको टेण्डर प्रकाशनका लागि बल्ल स्वीकृति प्राप्त भएको छ भने बाँकी विद्यालयहरुके निर्माण प्रकृया प्रोजेक्ट व्यवस्थापन कन्सल्टेन्ट पाएपछि सुरु हुने जनाइएको छ ।
प्रवक्ता अर्यालले पुनर्निर्माणको कार्य स्थानीय सरकारमार्फत गर्ने विषयमा स्थानीय सरकारलाई मोबिलाइज गर्ने विषयमा विमर्श भइरहेको जानकारी दिए ।
राष्ट्रि पुनर्निर्माण प्राधिकरणका सहसचिव कृष्ण दवाडीले विद्यालय पुनर्निर्माणका लागि ९ खर्बको बजेट आवश्यक रहे पनि दातृ निकाय मार्फत ४ खर्ब प्रदान गरिने भनिए पनि ३ खर्ब ८० अर्बमात्र प्राप्त भएको बताए । उनले अभाव भएको केही रकम हामीले जुटाउन सक्ने बताउँदै विभिन्न संघसंस्थासँग यस विषयमा छलफलमा रहेको बताए । उनले २ वर्ष भित्र रकम जुटाएर निर्माण सक्ने दावी गरे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुगेकोमा हालसम्म ३ सय ७० विद्यालय मर्ज भएको कारण ७ हजार ५ सय ५३ पुनर्निर्माण गर्नु पर्नेछ । 
इकाइका प्रमुख इमनारायण श्रेष्ठले ४ सय ५० विद्यालय जग्गा नभएको र अपुग भएको कारण तत्काल निर्माण सम्भव नरहेको बताए । उनले विद्यालय व्यवस्थापन समिति, गैरसरकारी संस्था, निर्माण व्यवसायी र टर्न कि प्रोजेक्ट (चीन सरकार, युएसएड) मार्फत् हालसम्म ३ हजार ७ सय ८५ निर्माण भइसकेको जानकारी दिए । १९ सय ६ वटा निर्माणाधिन रहेको र निर्माणका लागि छनौटको चरणमा रहेको ४ सय ९४ वटा विद्यालय रहेको छ । 
शिक्षा विभाग मार्फत आव ०७२ देखि ०७५ मा गरी भूकम्प प्रभावित करीब २ हजार विद्यालयहरुका लागि करिब ९ अर्ब अनुदान रकम विव्यसलाई प्रदान गरिएको छ ।
पीडीआरएफ अनुसार विद्यालय पुनर्निर्माण गर्न १ सय ३० अर्ब रकम चाहिनेमा हालसम्म श्रोत पहिचान भएको बजेट ७१ अर्ब रहेको छ भने अपुग बजेट ५९ अर्ब रहेको छ । त्यसैगरी हालसम्म कुनै पनि श्रोत नपुेका विद्यालयको संख्या १५ सय रहेको छ भने ती विद्यालयहरुको निर्माणका लागि आवश्यक बजेट ८ अर्ब रहेको छ ।
इकाइले दिएको तथ्यांकअनुसार गैसस र विव्यसबाट निर्माण भई नपुग कक्षा कोठा निर्माण गर्नुपर्ने  १६ सय विद्यालय रहेका छन् भने ती निर्माणका लागि ९ अर्ब लाग्ने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०७५  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC