site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसको काँधमा समुद्रको बूढो !

चुनाव सकिएको ५ महिनापछि पनि नेपाली कांग्रेसका नेताहरू हारको कारण खोजिरहेका छन् । उनीहरूबीच हारको कारणमा एकमत हुनसकेका छैनन् । एकथरी पार्टीले पाएको मत थोरै भएकाले हारियो भन्दैछन् भने अर्काथरी विपक्षमा मत धेरै भएकाले हारियो भन्दैछन् । चुनाव सकिएलगत्तै थालिएको यही विवाद अझै टुंगिएको छैन । कांग्रेसको अभ्यास हेर्ने हो भने सभापतिहरूको भेला यही विवादमा अल्झिने छ र टुंगोमा नपुगी समाप्त हुनेछ ।

हारको दोष
 

कांग्रेसको मत थोरै भएको भने पनि विपक्षीले धेरै मत ल्याए भने पनि कांग्रेस हारेको त हो । हारेपछि नेतृत्वले त्यसको नैतिक जिम्मेवारी लिनु त पर्थ्यो । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको हारको जिम्मेवारी स्वीकार गरेनन् । हारको कारण अन्तर्घात हो भन्नेजस्ता तर्क गरेर आफ्नो नेतृत्वको लाजमर्दो कमजोरीको ढाकछोप गर्न लागे । अर्को पक्षको पनि हारका लागि शेरबहादुर देउवामात्र जिम्मेवार हुन् भन्ने सिद्ध गर्नेबाहेक अरू कुनै ध्याउन्न देखिएन । दुवै पक्षले केन्द्रीय समितिको बैठकलगायत ६ महिनाको अवधि यसै बिताए । सभापतिहरूको भेलापछि महासमितिको बैठकसम्म पनि यो विवाद टुंगिनेछैन । किनभने हारका लागि जिम्मेवारहरू कोही पनि आफ्नो कमजोरी स्वीकार गर्न तयार छैनन् । सभापति देउवामाथि हारको दोष थोपर्ने समूहका अधिकांश आफैँ चुनाव हार्नेहरू छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संसदीय मर्यादा र भूमिका
 

संसदीय लोकतन्त्रको लामो र परिपक्व अभ्यास भएका मुलुकमा संसद्को चुनव हारेपछि पार्टीको नेतृत्व पनि छाड्ने गर्छन् । जनताले अस्वीकार गरेको पात्रले नेतृत्वको दाबा गर्नु लोकतान्त्रि चरित्र हुनैसक्तैन । जनताले तिरस्कार गरिसकेपछि राजनीतिक र नैतिक दुवै दृष्टिबाट नेतृत्व छाड्नुपर्छ । तर, देउवा वा उनका प्रतिस्पर्धी समूहबाट नैतिक र लोकतान्त्रिक राजनीतिको अपेक्षा गर्नु सायद मूर्खता हनेछ । पार्टीका युवा नेताहरू पनि दाइहरूकै दौराको फेर समातेर अगाडि बढेका हुन् । यसैले तिनले पनि ६ महिनासम्म चियाको कपमा आँधीबेहरी सिर्जना गर्नुभन्दा बढी केही गरेनन् । अब पनि सत्यलाई सत्यकै रूपमा रहन दिन यिनीहरू तत्पर देखिँदैन ।

Global Ime bank

सभापतिहरूले यिनलाई बाटो देखाउन सक्नुपर्ने त हो तर सक्लान्जस्तो देखिएको छैन । लगभग सबै जिल्ला सभापति ‘अन्तर्घाती’लाई कारबाही गर्नु नै पार्टी बलियो बनाउने रामवाण उपाय देखेजस्तो छ । यसैले हेटौँडाबाट पनि नेपाली कांग्रेसप्रति जनतालाई आकर्षित गर्ने कुनै जादूको छडी फेला पर्ने छैन । महासमितिको बैठकलाई जिम्मेवारी पन्छाउने काममात्र हुनेछ ।

अधिनायकवादको जोखिम
 

कांग्रेसले चुनावमात्र हारेको भए अर्को चुनावका लागि तयारी गरे पुग्थ्यो पनि होला । तर, देश नजानिदोगरी अधिनायकवादतर्फ उन्मुख हुँदैछ । अहिले लोकतन्त्रका सबै संस्थालाई कमजोर बनाउने चलखेल सुरु गरिएको छ । मुद्दा छिन्नेबित्तिकै कानुन मन्त्रीले फैसलामा टिप्पणी गरेर न्यायाधीशलाई तर्साउन थालिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘टी सर्टमात्र लगाएर’ छलफल गर्न मन्त्रीहरूले बोलाउन थालेका छन् । सुरुमा केही जनचासोका विषयमा विधि र प्रक्रिया मिचेर भए पनि जनताका पक्षमा काम गर्न खोजेको देखाउने र पछि त्यसैलाई दृष्टान्त बनाएर सबैतिर विधि र प्रक्रिया मिच्ने प्रवृत्ति देखिन थालेको छ । यातायात सिन्डिकेट भत्काउने नाममा प्रचलित कानुनलाई मिच्ने काम गरियो । जसरी भए पनि सिन्डिकेट तह लगाउनु सही काम हो भन्ने पारियो । तर, यातायात सेवामा सुधार त भएन । त्यसपछि तस्करीको सुन खोज्ने हल्ला मच्चाइयो । केही ‘भुरा माछा’ समातिए । सिंगो समाजको ध्यान त्यतै गयो । तस्करी गरिएको भनिएको सुन अहिलेसम्म फेला परेन । सायद ‘ठूला माछा’ पनि फेला पर्दैनन् । अरू केही नसकेको झोंकमा सरकारले ‘बाजेको सेकुवा‘ भन्ने एउटा ब्रान्डमाथि प्रतिबन्ध लगाइदियो । मानौ, तस्करीको मूल स्रोत नै सेकुवा हो । अहिले सरकार ठेकेदार र गैरसरकारी संस्थाविरुद्धको प्रचार अभियानमा लागेको छ ।

जोमाथि प्रहार गर्ने हो त्यसका विरुद्ध कथन (न्यारेटिव) निर्माण गर्ने, प्रचार गर्ने र अनि कारबाही गर्दा सरकारले ठीकै त गर्‍यो भन्ने भान पार्ने कपटी अधिनायकवादको बाटामा सरकार अगाडि सरेको छ । संसद् र सडकमा प्रतिपक्षको अस्तित्व पनि देखिएको छैन । लोकतन्त्रका संस्थामा प्रहार हुँदा वा लोकतान्त्रिक विधि र प्रक्रिया मिचिँदा पनि सरकारको विरोध गर्न साइत हेरेर बस्ने प्रतिपक्षले लोकतन्त्र जोगाउन सक्तैन । यसै पनि संसद्मा सरकारको नीति र कार्यक्रममा समर्थन गर्ने पार्टीले संसदीय विपक्षको मर्यादा र भूमिका जोगाउला भन्नु मूर्खता नै हो ।

भारतीय कांग्रेसका कमजोरी
 

नेपाली कांग्रेसका नेताले त उनीहरूमा कमजोरी र दोष देख्नै सक्तैनन् । यसैले भारतीय राष्ट्रिय कांग्रेसका बारेमा भएका टिप्पणीको चर्चा गरौँ । भारतमा पनि भारतीय राष्ट्रिय कांग्रेस कमजोर हुँदैगएको छ । केन्द्रमा भारतीय जनता पार्टी र प्रान्तहरूमा क्षेत्रीय दलहरू बलिया हुँदैछन् । कांग्रेस कमजोर हुनुको मूल कारण जनतासँग संवाद बन्द हुनुलाई मानिएको छ । कांग्रेसका नेता र सामान्य जनताले एउटै विषयलाई बेग्लाबेग्लै रूपमा बुझेकाले जनमतमा कांग्रेस खस्कँदै गएको निष्कर्ष निकालिएको छ । कांग्रेसका नेताको अर्को कमजोरीका रूपमा आत्मकेन्द्री प्रवृत्ति मानिएको छ । उनीहरू सबै विषयमा आफूलाई केन्द्रमा राखेर हेर्छन् र त्यस अवस्थामा जनता, राष्ट्र र पार्टी गौण हुन्छन् । नेपाली कांग्रेसका नेता त सर्वगुण सम्पन्न नै छन् क्यारे ! नत्र, उनीहरूले आफ्ना कमजोरी केलाउनु त पर्ने हो ।
 

नैतिक शक्ति र असल नियत
 

संसद्मा कमजोर भए पनि नैतिक शक्ति र असल नियत भए राजनीतिक दलको प्रभाव खासै कमजोर हुँदैन । जनताका पीरमर्कामा नबोल्ने नेता र पार्टीको अस्तित्व मेटिँदै जान्छ । सानो उदाहरण – किसानले उखुको पैसा पाएका छैनन् । सरकार मिल मालिकलाई कैदमा हालेर पैसा भुक्तान दिलाउने भन्दैछ । कांग्रेस न किसानका पक्षमा बोल्छ न सरकारी ज्यादतीका विरुद्ध नै बोल्छ । किसान र मालिक दुवैको हकका लागि बोलेको भए दुवैको समर्थन पनि पाउन सकिन्थ्यो । अहिलेको अवस्थामा त दुवैको समर्थन गुम्यो । समाजका यस्ता समस्या र सवाल अनगिन्ती छन् । सिम्रौनगढदेखि काष्ठमण्डपसम्मका ऐतिहासिक पुरातात्विक महत्त्वका सम्पदा सरकारको कोपभाजन बन्ने क्रम निरन्तर छ । कम्युनिस्टहरूले त यस्ता सबै सम्पदामा सामन्तवादको अवशेष देख्न सक्छन् । मासिएरै गए पनि उनीहरूलाई अहिले विस्मात नहुन सक्छ । तर, नेपाली कांग्रेस त बोल्नुपर्ने नि !

दाइका सामु नफुकेको धक
 

सायद अपराध बोधले कांग्रेसको बक नफटेको र धक नफुकेको हुनुपर्छ । दौराको फेर समातेको दाइ नेता नभए आउने चुनावमा पैसा र उमेदवारी नपाइने डरले पनि धेरैलाई मौन बनाएको हुनसक्छ । तर, यस्तै रहे कसैले पनि कांग्रेसलाई पैसा दिनेछैनन् । त्यति बेल दाइले पनि पैसा कसरी बाँड्लान् र ? अनि टिकट पाए पनि चुनाव त जितिनेछैन ।

चुनाव सकिनेबित्तिकै नैतिक जिम्मेवारी लिएर शेरबहादुर देउवाले सभापति पद त्यागेका भए अहिलेसम्म परिस्थिति धेरै अगाडि बढ्न सक्थ्यो । अब त देउवाले पद त्याग्नु र नत्याग्नुको कुनै अर्थ छैन । कारण, त्यसमा नैतिक पक्ष त बाँकी रहेन । यस्तै, संसदीय निर्वाचन हारेकाहरूले केन्द्रीय समितिबाट राजीनामा गरेको भए पनि एउटा तरंग उत्पन्न हुनसक्थ्यो । अब त्यो समय पनि सकियो ।

नेपाली कांग्रेसभित्र ममताको उदय
 

लोकतन्त्र जोगाउन कांग्रेसमा दीक्षित कार्यकर्तामात्रले सक्छन् भन्नु अतिशयोक्ति हुँदैन । लोकतन्त्रका निम्ति समर्पित अरू कुनै राजनीतिक शक्ति अझै देखिएको छैन । यसैले कांग्रेसभित्रैबाट विकल्प खोजेमा लोकतन्त्र कम्युनिस्टहरूको कपटी खेलबाट जोगिन सक्नेछ । त्यसका लागि सबैभन्दा उत्तम उपाय सभापतिहरूले विद्रोह गरेर हालका लागि भौगोलिक आधारमा क्षेत्रीय दलहरू बनाउनु उचित हुन्थ्यो । अहिलेका क्षेत्रीय दल साम्प्रदायियक छन् तर कांग्रेसका नेताहरू संलग्न क्षेत्रीय दलको प्रकृति राष्ट्रिय हुनेछ । त्यस प्रकारको राजनीतिक शक्तिले कम्युनिस्टहरूलाई तह लगाएर देशलाई अधिनायकवादको जोखिमबाट मुक्त गर्ने र कांग्रेसको बुइमा चडेका ‘सिन्दवाद र समुद्री बूढो’को कथाको समुद्री बूढाहरूबाट मुक्ति पाउने जुक्ति फेला पार्नेछ ।
नेपाली कांग्रेसमा ममता बनर्जीको उदय होला त ?
twitter :@agovinda


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC