site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. देवकोटाको अन्त्यष्टि विद्युतीय शवदाहगृहमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिजो दिवंगत भएका वरिष्ठ नशारोग विशेषज्ञ प्रा.डा. उपेन्द्र देवकोटाको आज अपरान्ह पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिए । 

देवकोटाको विद्युतीय माध्यमबाट शवदाह गरिएको छ । अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम बिदाइ गरेको थियो । देवकोटा निवास हेपाली हाइटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काजकीरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ ।  यसअघि उनलाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरु तथा अन्य उच्चपदस्थ व्यक्तिहरुले अन्तिम विदाइ गरेका थिए । स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो । डा. देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट पनि लगाइएको थियो ।

पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम बेलायतबाट नेपाल फर्केका थिए । डा. देवकोटाकै इच्छाअनुसार गत हप्ता उनलाई गोरखास्थित आफ्नो जन्मघरमा लगिएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC