खेल
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह एच को खेलमा जापानले कोलम्बियाविरुद्ध सुरुवाती अग्रता लिएको छ । जापानले कोलम्बियामाथि पेनाल्टीमा गोल गर्दै १–० गोलको अग्रता बनाएको हो ।
खेलको छैटांै मिनेटमा नै कोलम्बियाका कार्लोसले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट सिन्जी कागवाले गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन् ।
हेन्डबल गरेका कार्लोले रसिया विश्वकपकै पहिलो रातो कार्ड पाएका छन् । उनले रातो कार्ड खादै मैदान छाडेपछि अहिले कोलम्बिया १० खेलाडीमा सीमित बनेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५ १८:००
प्रतिक्रिया दिनुहोस्