खेल
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह एच को खेलमा कोलम्बियाले जापानलाई जवाफी गोल फर्काएको छ । यसअघि जापानले कोलम्बियामाथि पेनाल्टीमा गोल गरेर अग्रता बनाएको थियो ।
खेलको छैटाैं मिनेटमा नै कोलम्बियाका कार्लोसले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट सिन्जी कागवाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
हेन्डबल गरेका कार्लोले रसिया विश्वकपकै पहिलो रातो कार्ड पाएका छन् । उनले रातो कार्ड खादै मैदान छाडेपछि अहिले कोलम्बिया १० खेलाडीमा सीमित बनेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५ १८:२९
प्रतिक्रिया दिनुहोस्