एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा एसियन राष्ट्र जापानले जित हात पारेको छ । जापानले कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
खेलको छैटौँ मिनेटमा नै जापानले सुरुवाती अग्रता बनाएको थियो । कोलम्बियाका कार्लोस सान्चेजले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट जापानका सिन्जी कागवाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
सुरुवाती समयमा नै आक्रमक खेल खेलेको जापानले कोलम्बिया विरुद्ध बहादुरीको साथ पराजित गरेको हो । कोलम्बिया विरुद्ध जापानको यो अहिलेसम्मकै ऐतिहासिक जित हो ।
सुरुवाती समयमा नै निकै आक्रमक खेल खेलेको जापानले खेलको ३९औं मिनेटमा भने गोल खान पुगेको थियो । कोलम्बियाका जुहान क्युन्टेरोले फ्रिकिकबाट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए
पहिलो हाफसम्म १–१ गोलको बराबरीमा रोकिएको जापानले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ७३ औं मिनेटमा युवा ओसाकोले गोल गर्दै २–१ गोलको जित दिलाएका हुन् । जितसँगै जापानले महत्वपूर्ण तीन अंक बटुलेको छ ।