site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
किम जोङ उनको लगातार चीन भ्रमण, सिंगापुर बैठकपछि चीन भ्रमणमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । उत्तर कोरियाली नेता किम जोङ उन यो वर्ष मात्र तेस्रो पटक चीन भ्रमणमा गर्दैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक भेटवार्ताको एक हप्तापछि नै उनले दुई दिनका लागि चीनको यात्रा गर्ने भएका हुन् । 

यस क्रममा किमले राष्ट्रपति शि जिङपिङसँग भेट गरि उत्तर कोरियामाथि जारी प्रतिबन्ध र कोरियाली प्रायद्विपको निशस्त्रीकरणबारे छलफल गर्ने बताइएको छ । उनले ट्रम्पसँगको बैठकमा पनि यिनै विषयमा वार्ता गरेका थिए । उत्तर कोरियाको सबैभन्दा पुरानो आर्थिक साझेदार भएको नाताले यसअघि नै चीनले पनि उनीहरुमाथिको प्रतिबन्धलाई केही खुकुलो पार्न अमेरिका र संयुक्त राष्ट्र संघसमक्ष आग्रह गरिसकेको छ । सत्तामा आइसकेपछि किमको पहिलो विदेश भ्रमण पनि चीन नै रहेको थियो । 

उता दक्षिण कोरिया र अमेरिकाले पनि उत्तर कोरियाको माग पूरा गर्दै मंगलबार संयुक्त सैन्य अभ्यास रद्द गर्ने घोषणा गरेका हुन् । चीन र उत्तर कोरियाले लामो समयदेखि नै यसप्रति आपत्ति जनाउँदै आएका थिए । तर अहिले सैन्य कार्यक्रम रद्द गराइएपनि दक्षिणमा रहेका २९ हजार अमेरिकी सेना अहिले नै आफ्नो देश भने फर्किने छैनन् । उत्तर कोरियाले शान्तिपूर्ण व्यवहार जारी राखेसम्म अमेरिकाले पनि दक्षिण कोरियासँगको सैन्य अभ्यासमा रोक लगाइरहने यसअघि ह्वाइट हाउसकी  प्रवक्ता सेरा स्यान्डर्सले जानकारी दिएकी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC