site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
नेयमार अबको खेल खेल्न सक्लान् ?  ट्रेनिङबाट बाहिरिए 
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलका स्टार खेलाडी नेयमारले ओपनिङ गेममा स्विट्जरल्यान्डविरुद्ध १–१ को बराबरीपछि सोमबारको ट्रेनिङमा भाग नलिएको बताइएको छ । पहिले पनि बायाँ खुट्टाको शल्यक्रिया गराइसकेका नेयमारमाथि शनिबारको खेलमा स्विट्जरल्यान्डका खेलाडीले १० पटकसम्म ‘फल’ गरेपछि उनको खुट्टामा फेरि चोट लागेको बताइएको हो । 

त्यसैकारण उनले सोमबार ट्रेनिङ गर्नुको साटो चिकित्सककहाँ थेरापी गराएका हुन् । उनी आफैँले समेत इन्स्टाग्राममा चोट लागेको खुट्टाको तस्बिर राखेर ‘कडा मिहिनेत गर्नुपर्छ’ भन्ने लेखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

२६ वर्षीय विश्वका सर्वाधिक महङ्गा खेलाडी नेयमारविरुद्ध सन् १९९८ को विश्वकपपछि सबैभन्दा धेरै ‘फल’ भएको हो । 

फेब्रुअरीपछि शनिबार आफ्नो पहिलो प्रतिस्पर्धात्मक खेलमा सहभागी भएका नेमारले यसअघि पनि खुट्टामा समस्या भएकै कारण पिएसजीको अन्तिम गेममा सहभागी हुन पाएका थिएनन् ।

Global Ime bank

यस विषयमा उनले संचारकर्मीहरुसँग भने, ‘मैले गर्ने भनेको फुटबल खेल्ने मात्र हो । बाँकी खेल त रेफ्रीले नै हेर्नुपर्छ । तरपनि फउल हुनु स्वभाविक हो र मलाई थाहा छ आगामी खेलमा पनि यस्तै हुनेछ । फुटबलमा यो सामान्य कुरा हो । तरपनि यसप्रति ध्यान दिनुपर्छ ।’ 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC