site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डोपछि रसिया विश्वकपमा चम्किए चेरिशेभ
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकपमा क्रिष्टियानो रोनाल्डोपछि व्यक्तिगत तीन गोल गर्नेमा रसियाका डेनिस चेरिशेभ परेका छन् । उनले मंगलबार राति भएको रसिया र इजिप्टको खेलमा एक गोल गरेसँगै जारी विश्वकपमा व्यक्तिगत तीन गोल पुर्याएका हुन् ।

यसअघि स्पेनविरुद्धको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए भने चेरिशेभले दुई खेलमा तीन गोल गर्दै रसिया विश्वकपमा आजसम्म धेरै गोल गर्ने अर्का खेलाडी बनेका छन् । 
उनले यसअघि जुन १४ मा भएको रसिया र साउदी अरबबीचको उद्घाटन खेलमा २ गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

इजिप्टका कप्तान अहमद फातीले ४७ औं मिनेटमा आत्मघाती गोल गरेपछि रसियाले अग्रता लिएको थियो भने दोस्रो गोलका लागि चेरिशेभले ५९ औं मिनेटमा गोल गर्दै रसियाले २—० गोलको अग्रता लिएको थियो । चेरिशेभ म्यान अफ दि म्याच समेत भएका थिए ।

को हुन चेरिसेभ?
 

Global Ime bank

रसिया र साउदी अरबबीचको उद्घाटन खेलमा उदाएका खेलाडी हुन् डेनिस चेरिशेभ । साउदी अरबविरुद्ध २ गोल गरेपछि चेरिशेभ चर्चामा छन् ।  चेरिशेभ सन् २०१२ देखि रसिया राष्ट्रिय टिममा आवद्ध भएका थिए । सन् २०१४ को विश्वकप छनोट खेलमा नेदरल्याण्डस्विरुद्ध मैदान प्रवेश गरेका चेरिशेभ ५ मिनेट मै चोटग्रस्त भएपछि मैदानबाट बाहिएका थिए ।

झण्डै दुईवर्ष मैदान बाहिर रहेका चेरिशेभ पुनः २०१८ मा रसिया र फ्रान्सबीचको मैत्रीपूर्णखेलबाट खेलमा फर्किएका हुन् । खेलमा चेरिशेभको प्रदर्शन राम्रो भएपछि उनलाई घरेलु भूमिमा हुन लागेको विश्वकपको प्रारम्भिक टोलिमा समावेश गरिएको थियो ।
२७ वर्षीय चेरिशेभले साउदी अरबसँगको खेलमा २ गोल गरेका थिए भने रसिया र इजिप्टबीचको खेलमा थप एक गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय खेलमा ३ गोलको रेकर्ड राखिसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC