site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा डरलाग्दो बन्दैछ साइबर अपराध– आफ्नै ‘अश्लील’ भिडियो बनाउनेदेखि श्रीमतीलाई ‘ब्ल्याकमेल’ सम्म !
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिँह महरको फेसबुक आइडी केहि समयअघि एक्कासी ‘ह्याक’ भयो । महरले महानगरीय प्रहरी अपराध महाशाखामा साइबर क्राइममा उजुरी दिए । 

उनको आइडी ह्याक गर्नेले केही समयमै स्टाटस पनि पोष्ट गर्यो । तर अपराध महाशाखाले उनको आइडी ‘ह्याक’ गर्नेको पहिचान गर्न सकेन । महरले यसको उजुरी अमेरिकामा रहेको फेसबुकको कार्यालयमा पनि गरे । तर पनि केहि लागेन । महरले बाह्रखरीसँगको कुराकानीमा भने, “मेरो आइडी दुरुपयोग भयो । अन्त्यमा बन्द नै गर्नुपर्यो । मेरो त्यो पेजमा१ लाख ८ हजार लाइक पनि थियो ।”

आइतबार पनि महानगरीय अपराध महाशाखा टेकु पुग्दा साइबर क्राइमको मारमा परेको भन्दै उजुरी दिनेहरु कयौं थिए । महाशाखामा आइतबार केही चर्चित कलाकारदखि फिल्म निर्देशकसम्म थिए । तर कतिपयले आफ्नो नाम गोप्य राखिदिन प्रहरी र सञ्चारमाध्यमसँग आग्रह गरेका थिए ।

Agni Group

काभ्रेमा बस्दै आएकी एक १६ वर्षीय कल्पना (नाम परिवर्तन) ले विदेशमा काम गर्दै आएका एकजना सनम (नाम परिर्वतन) सँग विवाह गरिन् । विवाह भएको एक महिनापछि सनम विदेश गए । श्रीमान विदेश गएपछि कल्पनाको तस्बिर राखेर एक ‘फेक’ फेसबुक आइडी खोलियो । त्यो आइडीमा केही नेपाली नायिकाको उत्तेजक तस्बिर पोष्ट गरियो । यो सबै कुरा कल्पनाले सनमलाई भनिन् । त्यही बीचमा एक अपरिचित एनसेलको नम्बरबाट कल्पनालाई फोन आयो । त्यो फोन गर्ने व्यक्तिले कल्पनालाई श्रीमान सनमसँग भएका सबै कुरा भन्यो । कल्पना अहिले दोधारमा छन् । कसरी श्रीमानसँग भएको सबै कुरा अपरिचित व्यक्तिले थाहा पायो । उनी पनि उजुरी दिन महाशाखा पुगेकी छन् । 

महाशाखाका एसएसपी धिरजप्रताप सिँह साइबर अपराधका यस्ता घटना दैनिक डरलाग्दो रुपमा बढिरहेको बताउँछन् ।
...

Global Ime bank

पोखराकी रेखा थापा (नाम परिवर्तन) ३ वर्ष वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किइन् । विदेशमा रहँदा उनी रोहित शर्मा (नाम परिवर्तन) सँग ‘लिभिङ टुगेदर’ मा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपाल आएपछि रेखाले मागी विवाह गरिन् । उनले विवाह गरेको खबरपछि रोहितले रेखाको श्रीमानको फेसबुक म्यासेन्जरमा आफु रेखाको श्रीमान भएको भन्दै सँगै बस्दाको तस्बिर पठाए । यहाँसम्मकी उनले रेखा गर्भवती भएको र त्यो बच्चा आफ्नो भएको दाबी गरे । रोहितको त्यो म्यासेजपछि रेखा र अशोकको सम्बन्धमा दरार आएको छ । विवाह गरेको एक महिनामै उनीहरु छुट्टिए । रेखा अहिले माइतीघरमा बस्दै आएकी छिन् । विदेशमा भएकाले रोहितलाई सहजै पक्राउ गरेर कारवाही प्रक्रियामा ल्याउन प्रहरीलाई कानुनी जटिलता छ । 
...

काठमाडौंको कमलपोखरीमा बस्दै आएका सन्तोष (नाम परिवर्तन) ५५ वर्षीय र फुलमाया (४५) दुवै विवाहित हुन । फुलमायाका श्रीमान कतारमा र सन्तोषकी श्रीमती कमलपोखरीमै बस्दै आएकी थिइन् ।
सन्तोष घरजग्गाका कारोबारी पनि हुन् । फुलमाया र सन्तोष लामो समय शारिरीक सम्बन्धमा रहे । एकदिन दुवैको सहमतिमा उनीहरुले ‘पोर्न’ भिडियो बनाए । सन्तोषले फुलमायालाई मासिक ४० हजारसम्म खर्च दिँदै आएको प्रहरी अनुसन्धानपछि थाहा भएको छ ।

तर केहि समयपछि उनीहरुबीच खटपट भयो । त्यही आवेगमा सन्तोषले फुलमायाका श्रीमानलाई ‘पोर्न भिडियो’ फेसबुक म्यासेन्जरमा पठाइदिए । त्यसपछि फुलमाया प्रहरीको शरणमा पुगिन् । उनीहरु आपसमा मिलेपछि प्रहरीले मुद्दा भने चलाएन । 

यि दैनिक प्रहरीकहाँ पुग्ने प्रतिनिधिमुलक घटना मात्रै हुन । महाशाखाका एसएसपी सिँह पछिल्लो समय कलेज उमेरका युवा–युवतीहरु अनैतिक कार्यको भिडियो बनाउने र पछि कुरा नमिल्दा त्यहि भिडियोलाई ब्लाकमेलका रुपमा प्रयोग गर्न थालेको बताउँछन् । महाशाखासँग ‘पोर्न’ भिडियो बनाएको र दुरुपयोग गरेको भन्दै १ सय बढी उजुरी आएका छन् । पक्राउ पर्ने अधिकांश युवा–युवती र श्रीमान वा श्रीमतीमध्ये एक वैदेशिक रोजगारीमा गएकाहरु रहेको सिँह बताउँछन् ।

साइबर अपराध बढ्दो
 

महाशाखाको तथ्याङ्कअनुसार साइबर अपराध वर्षेनी बढ्दो क्रममा छ । महाशाखाका एसएसपी सिँह सामाजिक सञ्जालको दुरुपयोग बढेको बताउँछन् । महाशाखाका अनुसार आर्थिक वर्ष ०७१–०७२ मा साइबर अपराधका ३०५ मुद्दा दर्ता हुँदा ०७२–०७३ मा ८३० मुद्दा दर्ता भए । 

यस्तै आर्थिक वर्ष ०७३–०७४ मा ११९७ र ०७४–०७५ को वैशाखसम्म ११७६ मुद्दा दर्ता भएका छन् । “सामाजिक सञ्जालमा जथाभावी तस्बिर  पोष्ट गर्ने, सेयर गर्ने, आईडी ह्याक गर्ने, कुरा नमिल्दा ब्ल्याकमेल गर्नेजस्ता घटना बढिरहेका छन्,” एसएसपी सिँहले भने ।
उनले सरकारले साइबर ब्युरोको स्थापना गर्ने घोषणा गरेकाले ब्युरोको स्थापनापछि साइबर अपराध नियन्त्रणमा सहयोग पुग्ने बताए । 

साइबर अपराधमा जानेर वा नजानेर विदेशमा बस्नेहरु बढी सक्रिय भएको उनी बताउँछन् । “बेलाबेला नेताहरुको फेक आइडी बनाउने, अनावश्यक कुरा ब्लगहरुबाट सेयर गर्नेजस्ता कार्य हुने गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो सयम नेपाल आउँदा उनीबारे नकारात्मक कुरा सेयर गर्ने ५ जनालाई पक्राउ पनि गर्यौं,” एसएसपी सिँहले भने ।

फेक आइडीको मारमा सबैभन्दा बढी कलाकार परेको एसएसपी सिँहको भनाइ छ ।

तस्बिर गुगलबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC