site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभापति श्रेष्ठले देउवालाई सोधे - चितवन छाडेर के पायो कांग्रेसले ?
Sarbottam CementSarbottam Cement

हेटौडा । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय नेतृत्वको अदूरदर्शी रणनीतिका कारण चितवनमा ठूलो क्षति ब्यहोर्नु परेका बताएका छन । मकवानपुरको हेटौडामा जारी कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको बन्दशत्रमा बोल्दै सभापति श्रेष्ठले केन्द्रिय रणनीति कमजोर भएकै कारण चितवनमा कांग्रेसले क्षति ब्यहोर्नु परेको बताएका हुन ।

स्थानीय तह निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई कांग्रेसले बिनाशर्त सघाए पनि तत्कालिन माओवादीले कांग्रेसलाई कतै पनि नसघाएको भन्दै आपत्ति जनाए । "रेणुलाइ बिना शर्त सहयोग गरियो तर त्यही माओवादीले हाम्राबिरुद्ध अन्य जिल्लामा एमालेसँग तालमेल गर्यो । यो नेतृत्वले बुझ्न सकेन ।"

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, "सभापतिज्यू चितवन छोडेर के पायो नेपाली कांग्रेसले ?"

स्थानीय तहको निर्वाचनमा माओवादीलाई सघाउँदा चितवनमा कांग्रेसले ६ वटा तह गुमाउनुपरेको सभापति श्रेष्ठको भनाइ थियो । चुनावमा कांग्रेस नराम्रोसँग पराजित भए पनि नेताहरुले हारेको अनुभूतिसम्म नगर्नु बिडम्बना भएको उनले बताए ।
"पार्टी प्रजातान्त्रिक, नेताको चरित्र सामन्ती छ," उनले आक्रोसित हुँदै भने । चितवन सभापति श्रेष्ठले नेतृत्वलाई पार्टी कार्यालयमा बसेर पार्टी सञ्चालन गर्न सुझावसमेत दिए ।

Global Ime bank

"पार्टीलाई घरबाट सञ्चालन गरिन्छ, सभापतिज्यू, महामन्त्रीज्यू पार्टी कार्यालयमा बसेर पार्टी चलाउनुस्," उनले आक्रोश पोखे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement