site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा मौसमी बेलुन उडाइएको छ । 

कीर्तिपुरबाट बिहान ०५ः३७ बजे पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान ०५ः३० बजे यस्ता बेलुन सोही स्थानबाट उडाइने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए ।  

Agni Group

आज उडाइएको बेलुन १९ किलोमिटरमाथि आकाशमा पुगी बिहान ०८ः१५ बजे सुन्दरीजल आसपासमा खसेको थियो । हाइड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । 

बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याँक पठाउने उनले बताए । आज उडाइएको मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड रहेको थियो । 

Global Ime bank

बेलुन झर्दा त्यसमा झुण्डाइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पार्नु भएमा विभागमा पु¥याइदिनुहुन वा सम्पर्क गर्नुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

यससम्बन्धी सूचना उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ । 

आजको मौसमी बेलुनको उडानको शुभारम्भ त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले संयुक्तरुपमा गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC