site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मोरक्कोमाथि पोर्चुगलको कठिन जित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ को खेलमा पोर्चुगलले जित हात पारेको छ । पोर्चुगलले मोरक्कोलाई १–० गोलले पराजित गरेको हो । खेलको चौथो मिनेटमा नै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कर्नरबाट आएको बललाई हेडर गोल गरेका थिए ।
सुरुवाती समयमा नै अग्रता बनाएको पोर्चुगलले त्यसपछिको समयमा भने राम्रो प्रदर्शन गर्न सकेन । १–० गोलको अग्रता बनाएपनि पोर्चुगल पहिलो हाफसम्म दबाबमा खेलेको थियो । मोरक्कोले गोल गर्ने केही राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफको अन्तिम समयतिर रोनाल्डोले दिएको बल गोन्कालो गुइडेसले गोल गर्ने अवसर पाएपनि गोल गर्न भने सकेनन् । उनले प्रहार गरेको बल मोरक्कोका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।

दोस्रो हाफमा पनि मोरक्कोले बल नियन्त्रणमा लिएको थियो । पटक–पटक प्रयास गर्दा पनि मोरक्कोले गोल गर्न भने सकेन । खेलको ५६ औं मिनेटमा मोरक्कोले उत्कृष्ट २ सर्ट प्रहार गरेका थिए । तर पोर्चुगलका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि मोरक्कोले बराबरी गोल असफल बनेको थियो ।

जितसँगै पोर्चुगलले महत्वपूर्ण ३ अंक बटुलेको छ । पोर्चुगलको २ खेलबाट एक खेलमा बराबरी र एक खेलमा जितसहित ४ अंक भएको छ । पराजित मोरक्को भने समूह चरणबाटै बाहिरिने पक्का जस्तै भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC