site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्पेन र इरान पहिलो हाफसम्म गोलरहित बराबरीमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको समूह ‘बि’ अन्तर्गत स्पेन र इरानले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् । बलियो प्रतिद्धन्दी स्पेनविरुद्ध एसियन राष्ट्र इरानले गोलरहित बराबरी खेलेको हो ।

स्पेनले सुरुवाती समयदेखि नै आक्रमक खेल खेलेपनि गोल गर्न भने सकेन । बल आफ्नो नियन्त्रणमा भएपनि स्पेनले पाएको अवसर सदुपयोग गर्न सकेन । इतानले पनि केही गोल गर्ने अवसर सिर्जना गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१० को विश्वकप च्याम्पियन स्पेन ५ पटक विश्वकप खेल्न लागेको इरानमाथि जित हात पार्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउने दाउँमा छ । यता इरान पनि स्पेनलाई रोक्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राख्ने लक्ष्यमा छ ।

इरानले जारी विश्वकपको समूह चरणको खेलमा मोरक्कोलाई १–० गोलले पराजित गरेको थियो । इरानको ३ अंक रहेको छ । स्पेन भने समूह चरणको आफ्नो पहिलो खेलमा नै पोर्चुगलसँग ३–३ गोलको बराबरीमा रोकिएपछि अंक बाँडेको थियो । स्पेनको १ अंक रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ००:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC