site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इरानविरुद्ध स्पेनको १–० गोलको अग्रता, कोष्टाले गरे गोल
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको समूह ‘बि’ अन्तर्गत जारी खेलमा स्पेनले अग्रता बनाएको छ । स्पेनका लागि डिएगो कोष्टाले गोल गर्दै अग्रता दिलाएका हुन् ।

कोष्टाले खेलको ५४औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । एकपछि अर्को गोल गर्ने अवसर पाएपनि स्पेन यसअघि चुचेको थियो ।

Agni Group

बलियो प्रतिद्धन्दी स्पेनविरुद्ध एसियन राष्ट्र इरानले पहिलो हाफमा भने गोलरहित बराबरीमा रोकेको थियो । स्पेनले सुरुवाती समयदेखि नै आक्रमक खेल खेलेपनि गोल गर्न भने सकेको थिएन । बल आफ्नो नियन्त्रणमा भएपनि स्पेनले पाएको अवसर सदुपयोग गर्न सकेको थिएन । इरानले पनि केही गोल गर्ने अवसर सिर्जना गरेको थियो ।

सन् २०१० को विश्वकप च्याम्पियन स्पेन ५ पटक विश्वकप खेल्न लागेको इरानमाथि जित हात पार्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउने दाउँमा छ । यता इरान पनि स्पेनलाई रोक्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राख्ने लक्ष्यमा छ ।

Global Ime bank

इरानले जारी विश्वकपको समूह चरणको खेलमा मोरक्कोलाई १–० गोलले पराजित गरेको थियो । इरानको ३ अंक रहेको छ । स्पेन भने समूह चरणको आफ्नो पहिलो खेलमा नै पोर्चुगलसँग ३–३ गोलको बराबरीमा रोकिएपछि अंक बाँडेको थियो । स्पेनको १ अंक रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC