site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोष्टाको निर्णायक गोलमा स्पेन विजयी, इरान १–० गोलले पराजित
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको समूह ‘बि’ मा भएको खेलमा स्पेनले जित हात पारेको छ । स्पेनले इरानलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा डिएगो कोष्टा नायक बने । उनकै गोलले स्पेनले इरानमाथि कठिन जित हात पारेको हो । कोष्टाले खेलको ५४औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने अवसर पाएपनि स्पेन गोल गर्न सकेन ।

Agni Group

खेलअवधिभर बल नियन्त्रणमा राखेको स्पेनले एकपछि अर्को गोल गर्ने अवसर गुमाएको थियो । खेलको अन्तिम समयतिर इरानले पनि निकै आक्रमक खेल खेलेको थियो । तर गोल गर्न भने सकेन ।

बलियो प्रतिद्धन्दी स्पेनविरुद्ध एसियन राष्ट्र इरानले पहिलो हाफमा भने गोलरहित बराबरीमा रोकेको थियो । स्पेनले सुरुवाती समयदेखि नै आक्रमक खेल खेलेपनि गोल गर्न भने सकेको थिएन । बल आफ्नो नियन्त्रणमा भएपनि स्पेनले पाएको अवसर सदुपयोग गर्न सकेको थिएन । इरानले पनि केही गोल गर्ने अवसर सिर्जना गरेको थियो ।

Global Ime bank

जितसँगै स्पेनको २ खेलमध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । यता, पराजित इरानको भने २ खेलमध्ये १ खेलमा जित र १ खेलमा हारसहित गरेर ३ अंक भएको छ ।

इरानले जारी विश्वकपको समूह चरणको आफ्नो पहिलो खेलमा मोरक्कोलाई १–० गोलले पराजित गरेको थियो । स्पेन भने समूह चरणको आफ्नो पहिलो खेलमा नै पोर्चुगलसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC