site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनीया रेलको समाचारमा प्रतिस्पर्धा
Ghorahi CementGhorahi Cement

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको नेपाली प्रतिनिधिमण्डल शनिबार तिब्बतको क्यूशीमा रहेको चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोनको अवलोकनका लागि जाँदै । तस्बिर : हरि लामिछाने, ल्हासा, रासस



गत साताका दैनिक पत्रिकाको मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समाचार संकलन र संप्रेषणमा भयो । सबै दैनिकले आआफ्नो ढंगले प्रधानमन्त्रीको भ्रमण र रेल आउने समाचारलाई निकै धेरै महत्त्व दिएर प्रकाशित गरेका छन् । शुक्रवार जेठ ८ गते प्रकाशित दैनिक पत्रिकाहरूमा रेलमार्गसम्बन्धी समझदारी भएको समाचार प्रकाशित हुँदा नयाँ पत्रिकाले एक कदम अघि बढेर समाचार बनाएको छ । अधिकांश दैनिकका सम्पादकनै बेइजिङ गएर समाचार संप्रेषण गरेकोमा नयाँ पत्रिकाकी संवाददाता प्रमिला देवकोटाले उतैबाट पठाएको ‘रेलमा स्पष्ट : लगानीमा अस्पष्ट’ शीर्षकको समाचार अरूभन्दा अगाडि देखिन्छ । सो समाचारमा संवाददाता देवकोटाले रेलको संभाव्यता अध्ययन गर्ने कामपछि लगानी कसरी र कसले गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको लेखेकी छन् । नयाँ पत्रिकाले यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग अन्तर्वार्ता गरेर आफ्नो समाचारको वजन बढाएको छ ।

कान्तिपुरका सम्पादक सुधीर शर्माले संप्रेषण गरेको समाचारमा पनि लगानीको विषय उठाइएको छ तर धेरै महत्त्व दिइएको छैन । अन्नपूर्ण पोस्टका सम्पादक राजाराम गौतमले संप्रेषण गरेको समाचारलाई भने डेस्कले अलि अव्यावहारिक शीर्षक दिएको छ  । सम्पादकलाई प्रधानमन्त्री आफैँले “म रोमाञ्चित भएको छु,” नभनीकन त्यस्तो शीर्षक मनोगत देखिन्छ । विचार वा लेखमा भने यस्तो शीर्षक सुहाउँछ । 

Agni Group

चिकित्सक देवकोटालाई सम्मान
 

प्रख्यात स्नायु विशेषज्ञ डा. उपेन्द्र देवकोटाको असार ४ गते सोमवार देहान्त भयो । उनलाई आधुनिक चिकित्सा विज्ञानले पनि निको पार्न नसक्ने प्रकारको पित्त नलीमा क्यान्सर भएपछि उनले नेपालमै प्राण त्याग गर्ने निश्चय गरी बेलायतबाट फर्केका थिए । डा. देवकोटाको मृत्युको समाचारलाई हिमालय टाइम्स, नागरिक, अन्नपूर्ण पोस्ट तथा कान्तिपुरले माथिल्लो समाचार बनाएर मंगलवारको पत्रिकामा प्रकाशित गरे । नयाँ पत्रिका तथा गोरखापत्रले भने यो समाचारलाई अन्यले भन्दा कम महत्त्व दिए । मंगलवार देवकोटाका पत्नी तथा तीन छोरीले दिएको दागबत्तीको समाचारलाई बुधबार कान्तिपुरले सबैभन्दा महत्त्व दिएर मुख्य तस्बिरसहित प्रकाशित ग¥यो । हिमालय टाइम्सले पनि यो दिनको समाचारलाई प्रथम पृष्ठमा स्थान दियो ।

Global Ime bank

गृहमन्त्री तथा भौतिकमन्त्रीबीच विवाद
 

यस साताका राम्रा समाचारमध्ये नागरिकले सोमवार असार ४ गते बनाएको समाचार पनि उल्लेख्य छ । यो समाचार ठेकेदारलाई समाउन नदिने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको प्रतिबद्धता तथा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने गृहमन्त्री रामबहादुर थापाको विवादमात्रै होइन राजनीति कसरी चल्छ भन्ने बुझाइको दूरी पनि हो ।

थापाको निर्णयले माओवादी जनसत्ता आएको भए उनीहरूको देश चलाउने तरिका कस्तो हुन्थ्यो भन्ने पनि देखाउँछ । वास्तवमा ठेकेदारहरूले काम ढिला गरेर, भेरिएसनपछि भेरिएसन लिएर बदमासी गरेका प्रशस्त उदाहरण छन् तर सबै प्रकारका बदमासीमा सिधै प्रहरी लगाएर पाता फर्काएर काम गर्न मिल्दैन । तिनले गरेको बदमासी खुट्याएर त्यसबापत् आर्थिक जरिवाना लगाउनु पहिलो सर्त हुनसक्थ्यो । यही समाचारको बक्समा नागरिकले कसरी मन्त्रीहरू आफूलाई कानुनभन्दा माथि सम्झन्छन् भन्ने अर्को राम्रो उदाहरणसहितको समाचार प्रकाशित गरेको छ । गृहमन्त्री तथ वन तथा वातावरण मन्त्री शक्ति बहादुरबस्नेत जेठ २० गते सडकमा गुडेका गाडीको प्रदूषण जाँच्न आफैँ पुगेको र कसैले मन्त्रीको सवारीको पनि प्रदूषण जाँच गरुँ भन्दा नमानीकन भागेको समाचार बनाएको छ । निकै दिनपछिको समाचार भए पनि नागरिकले कानुनको शासनमा कानुनभन्दा माथि कोही हुँदैन भन्ने आफ्नो स्पष्ट सोच प्रकट गरेको छ । 

राजनीतिक बिचौलियाको प्रभुत्व 
अन्नपूर्ण पोस्टले असार ४ गते सोमवार प्रकाशित गरेको राजनीतिक बिचौलियाको समाचार पनि उल्लेख्य छ । नेपालको न्यायालयमा विसंगति भएको र २९ थरीका बिचौलिया रहेको समाचार औपचारिक समाचार देखिए पनि सो पत्रिकाको न्यायालय स्वच्छतामा विकसित भएको सोचका रूपमा लिन सकिन्छ । 

अन्य समाचार
 

अरुण तेस्रो जलविद्युत् परियोजनामा फँसेका चारजना मजदुरलाई ३९ घन्टा पश्चात सकुशल उद्धार गरेको समाचारलाई कान्तिपुरले मात्र महत्त्व दियो । वास्तवमा यस्तो मानवीय रुचिको तुरुन्तै उद्धार गरेको समाचारमा थप खोजी गरेर त्यस कार्यमा तदारुकता देखाउनेलाई सम्मान गर्ने र जनताबीच चिनाउने काम अझ बढी गरिनु पर्थ्यो । 

सुन काण्डमा यो साता थप एक जना व्यापारी विमल कुमार पोद्दार पक्राउ परेका छन् । उनलाई तस्करीको सुन किनेको तथा तस्करीका लागि रकम हुन्डी गरेको आरोप लागेको छ ।  शनिबारको नयाँ पत्रिकाले नेपालका प्रख्यात चिकित्सकहरूलाई के कस्तो रोगले दुःख दिएको छ भन्ने रोचक समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकाको सिर्जनशील सोचको प्रशंसा गरिनुपर्छ । 

नेपाली कांग्रेसका ७७ जिल्लाका जिल्ला सभापतिको भेला हेटौडामा भएको थियो । तर, राजनीतिक प्रभाव सकिएसँगै दैनिक पत्रिकाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक र सभापतिको भेलालाई धेरै महत्त्व दिएनन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC