प्रविधि

तीन गुणाले गुगल क्रोमलाई टक्कर दिन सक्छ फायरफक्स क्वान्टम ब्राउजर

तीन गुणाले गुगल क्रोमलाई टक्कर दिन सक्छ फायरफक्स क्वान्टम ब्राउजर

बीबीसी । विगतका केही वर्षदेखि गुगल क्रोम ब्राउजर इन्टरनेटमा राज गर्दै आएको छ । तर अब फायरफक्स नामक ब्राउजर यसलाई टक्कर दिने तयारीमा लागेको छ ।  फायरफक्स नयाँ नाम भने होइन् । यसलाई सन् २००२ मा पहिलो पटक फ्री र ओपन सोर्स ब्राउजरका रुपमा लञ्च गरिएको थियो । यसलाई मोजिला फाउण्डेशनले डेभलप गरेको थियो । 

सन् २००८ मा क्रोम लञ्च भएपछि यसले बिस्तारै अन्य ब्राउजर्सको स्थान लिन शुरु गर्यो । तथ्याङ्क उपलब्ध गराउने पोर्टल www.statista.com  का अनुसार यस वर्षको मे महिनासम्म ६७ प्रतिशत इन्टरनेट ट्राफिक गुगल क्रोमबाट आएको छ । बाँकी ब्राउजरहरु धेरै पछि छन् । 

११ प्रतिशत फायरफक्स, ७ प्रतिशत एक्सप्लोरर र ६ प्रतिशत सफारीबाट ट्राफिक आएको उक्त वेबसाइटले जनाएको छ । 

तर मोजिलाले गत वर्षको अन्त्यमा फायरफक्स क्वान्टम जारी गरेको थियो । यसले छोटो समयमै आफ्ना प्mलोअरहरु बढाउँदै लगेको छ । विशेषज्ञहरुले गोपनियता, तीव्र गति र डाटाको खपत हुने भएका कारण फÞायरफक्स क्वान्टम गुगल क्रोमलाई टक्कर दिनका लागि तयार रहेको दावी गरेका छन् । 
 

https://www.bbc.com/hindi/science-44585394

तपाईंको मत