site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निषेधाज्ञाको निर्णय खारेज नगरे देशव्यापी आन्दोलन चर्काउने तरुण दलको चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले उपत्यकामा विरोध प्रदर्शनका लागि सरकारले निश्चित स्थान तोक्नका लागि गरेको निर्णय खारेज नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

तरुण दलले आगामी साउन १ गतेबाट सरकारले लागू गर्न गइरहेको निषेधाज्ञाको निर्णय खारेज नगरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । शुक्रबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्ती जारी गरेर सरकारको उक्त निर्णय नेपालको संविधानको मर्म र भावना बिपरित रहेको दावी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘तानाशाही बन्दै गएको सरकारको पाखण्ड निर्णयलाई जस्तोसुकै आन्दोलन गर्न परे पनि तरुण दलले खारेज गरि दिने अठोट व्यक्त गर्दछौं,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘सरकार लाई चाँडै निषेधाज्ञा लगाउने निर्णय फिर्ता लिन चेतावनी दिन चाहन्छौं । अन्यथा नेपाल तरुण दलले सरकारको विरोधमा देशब्यापी आन्दोलन गर्ने घोषणा गर्दछौं ।’’

तरुण दलले ब्यक्तिगत स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने गरि आएको सरकारको निर्णयले लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाएको तरुण दलको ठहर छ सरकारले बिहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेको थियो ।

Global Ime bank

विरोध प्रदर्शनका लागि सरकारले काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा स्थान तोकेको छ । जसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्रमा मात्रै विरोध प्रदर्शन गर्न पाइने छ ।

त्यसैगरी ललितपुरका च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार  र भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ । तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC