site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाले बोलाए शीर्ष नेताको बैठक
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बेलाएका छन् । सभापति देउवाले मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । 

केन्द्रीय कार्यसमितिले आगामी भदौ महिनाका लागि तय गरेको पार्टीको महासमितिको बैठकको तयारीका लागि छलफल गर्न उनले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको बताइएको छ । सभापति देउवाका सहगोगी भानु देउवाले मुलुकको वर्तमान राजनीतिक अवस्था र महासमिति बैठकको तयारीका बारेमा छलफल गर्न मंगलबार दिउँसो ३  बजे शीर्ष नेताहरुको बैठक बोलाइएको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार शीर्ष नेताहरुको बैठकमा पार्टीको विधान संशोधन र संसदमा कांग्रेसको भूमीकाका विषयमा समेत छलफल हुनेछ । कांग्रेसमा महाधिवेशनपछि महासमितिको बैठकलाई महत्वका साथ हेरिन्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले अप्रत्याशित पराजय बेहोरे पछि कांग्रेसमा महासमिति बैठक बोलाउनुपर्ने माग उठेको थियो । 

कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल, बद्री पाण्डेयलगायतका नेताहरुको दबावपछि चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौमा महासमितिको बैठक बोलाउने निर्णय गरेको थियो । तर मिति र स्थान भने तय भइसकेको छैन ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC