site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा सरकारले भदौ १४ पछि गरेका राजनीतिक नियुक्ति खारेज
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले भदौ १४ गते पछि गरेका राजनीतिक नियुक्ति सम्बन्धी नियुक्तीहरु खारेज गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार अबेर राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आचारसंहिता लागु भएको मिति भदौ १४, २०७४ देखि २०७४ फागुन २ गते सम्म मन्त्रिपरिषद् र मन्त्रिस्तरीय निर्णयका आधारमा भएका सबै किसिमका राजनीतिक मनोनयन नियुक्तिको निर्णय खारेज गर्ने निर्णय गरेको हो ।  

बैठकले प्राधिकरण , संस्थान, परिषद्, समिति, बोर्ड, कम्पनी,बैक वा अन्य संगठित संस्था आदिमा मन्त्रिपरिषद् तथा मन्त्री स्तरीय निर्णयका आधारमा गरिएको नियुक्ती खारेज गर्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सरकारले संघीय संसदमा रहेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिई पुनः पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार एवम् सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

सरकारले प्रतिस्थापन विधेयक संसदमा पेश गरेपनि पास गराउन नसकेपछि फिर्ता लिने निर्णय गरेको हो । प्रतिस्थापन विधेयक अध्यादेश भन्दा फरक व्यवस्था गरि ल्याईएको भन्दै डाक्टर गोविन्द केसी जुम्लामा अनसनमा बसेका छन् ।

Global Ime bank

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रस पनि प्रतिस्थापन विधेयकको विपक्षमा देखिएपछि संसदमा दर्ता भएरपनि संसद बैठकमा टेबुल हुन नसकेको हो । सार्वजनिक पद धारण गर्ने स्थानीय तहका वडा सदस्यदेखि माथिका सम्पूर्ण पदाधिकारीहरुले स्थानीय तहमा नै सम्पत्ति विवरण बुझाउनुपर्ने, अभिलेख राख्नुपर्ने र स्थानीय तहका पदाधिकारीहरुको जिल्ला समन्वय समितिमा सम्पत्ति विवरणको अभिलेख राख्नुपर्ने निर्णय गरेको छ । 

त्यसैगरी स्थानीय तह र जिल्ला समन्वय समिति तथा प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको सम्पत्ति विवरण प्रदेश सरकारको मन्त्रिपरिषद् तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अभिलेख राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

त्यसैगरी बैठकले प्रदेश नम्बर नम्बर २ का आन्तरिक मामिला तथा योजना राज्यमन्त्रीलाई अमेरिका भ्रमणको स्वीकृति दिने, निक्षेप सुरक्षणको सीमा वृद्धि गरि राजपत्रमा प्रकाशन गर्न अर्थमन्त्रालयलाई स्वीकृति दिने, नेपाल चीन व्यापार पारवहन सम्झौताको प्रोटोकल सम्बन्धी वार्तामा भाग लिन ९ सदस्यीय टोली बेइजिङ पठाउने र हस्ताक्षर गर्ने अख्तियारी समेत दिने निर्णय गरेको छ ।

त्यसैगरी, मालपोतको सातौ संशोधन नियमावली २०७५ लाई स्वीकृत गर्ने, कारागार नियमावली २०२० को अनुसूची ३ मा संसोधन गर्ने,सैनिक सेवा पहिलो संसोधन नियमावलि पहिलो संसोधन २०७५ स्वीकृत गर्नुको साथै नेपाल र म्यानमारसरकारबीच दुवै देशका कुटनीतिक र सरकारी राहदानी बाहक अधिकारीलाई प्रवेशआज्ञा छुट दिने सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चारमन्त्रालय र अर्थमन्त्रालय अन्तर्गतका संघमा रहने कार्यालयहरुको संगठन तथा दरबन्दीहरु स्वीकृत गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०७५  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC