site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघको विवाद मिलाउन निर्देशक समिति संयोजक महतले डाके पूर्वअध्यक्षहरुको बैठक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेविसंघमा देखिएको विवाद समाधानको पहल सुरु गरेको छ । गत पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसकै दिन सतहमा छताछुल्ल भएको विवाद समाधानका लागि कांग्रेसले बिहीबार (आज) नेविसंघका पूर्वअध्यक्षहरुको बैठक बोलाएको छ । 

कांग्रेसले नेविसंघमा देखिएको असन्तुष्टि समाधानका लागि पूर्वअध्यक्षहरुको संयुक्त बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । उनका अनुसार बैठक आज दिउँसो २ बजे कांग्रेसका सह–महामन्त्री तथा नेविसंघ निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको निवासमा बस्ने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, नेविसंघका अध्यक्ष नैनसिंह महरले भने उक्त बैठक अनौपचारिक भएको प्रतिक्रिया दिएका छन् । ‘‘पार्टीको निर्देशक समितिले सामान्य ढंगले बस्न बोलाएको हो, यसलाई औपचारिकै बैठक भन्न मिल्दैन,’’ उनले बाह्रखरीसँग भने । 

चिकित्सा शिक्षा तथा सरकारको निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डा. गोविन्द केसी र छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनरत गंगामाया अधिकारीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सडक संघर्षलाई चर्काउन कांग्रेसले नेविसंघभित्रको विवाद समाधान गर्न पहल गरेको बताइएको छ । 

Global Ime bank

यसअघि बुधबार कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा माइतीघर मण्डलामा निषेधाज्ञाको अवज्ञा गर्ने आन्दोलनमा नेविसंघको संस्थापन पक्ष सहभागी भएको थिएन । नेविसंघको असन्तुष्ट पक्ष लामो समयदेखि संस्थापन पक्षलाई ‘काउन्टर’ दिन समानान्तर ढंगले गतिविधिहरु गर्दै आएको छ । 

असन्तुष्ट पक्षले सरकारद्वारा गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध पनि केही साता अघि संस्थापन पक्षको समानान्तरमा सरकार विरुद्ध विरोधका कार्यक्रमहरु गरेको थियो । नेविसंघको असन्तुष्ट पक्षले संगठनको नेतृत्व मनोमानी ढंगबाट अघि बढेको भन्दै तत्काल महाधिवेशनको प्रक्रिया अघि बढाउन माग गर्दै गत वैशाखमा पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०७५  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC