site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
गोविन्द केसी, गंगामायाको समर्थनमा दैनिक पत्रिका
Sarbottam CementSarbottam Cement

नेपालका अधिकांश दैनिक पत्रिकामा नेपाल कम्युनिस्ट पार्टीको प्रभाव रहेको छ र यो सरकारको विरोधमा उत्रिनु पर्ने जायज विषयमा समेत दैनिक पत्रिकाले खासै महत्त्व दिंदैनन् भन्ने आम धारणाको खण्डनका लागि डा. गोविन्द केसीको सत्याग्रह सशक्त उदाहरण बनेको छ । नेपालका दैनिक पत्रिकाले अनशन सुरु गरेको पहिलो दिनदेखि नै डा. गोविन्द केसीको समाचारलाई महत्त्वका साथ प्रकाशित गरेका छन् भने चिकित्सा शिक्षामा उनले उठाएका विषयलाई धेरैले समर्थनसमेत गरेका छन् ।

डा. गोविन्द केसी चिकित्सा शिक्षामा सुधारका लागि अहिलेसम्म १५ पटक अनशन बसिसकेका छन् । चौधौं पटकको अनशनबाट उनले उठाएका मागले एक स्पष्ट स्वरूप लिने अवस्था बनिसकेको थियो । तत्कालीन सरकार र गोविन्द केसीको सहमतिबाट सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशलाई ६ महिनाभित्रमा संसद्ले अनुमोदन गरी ऐनको रुप दिनुपर्नेमा सो विधेयक प्रतिस्थापन विधेयक ल्याएर प्रधानमन्त्री  केपी ओलीको सरकारले सो विधेयकका महत्त्वपूर्ण प्रावधान लत्याएकाले डा. गोविन्द केसी पन्ध्रौं पटक अनशन बसेका हुन् । यस पटक डा. केसीले सत्याग्रहका लागि कर्णाली प्रदेशको जुम्लालाई आफ्नो आन्दोलनको थलो बनाएका छन् । यसपटकको अनशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएसलगायत स्नातक स्तरमा विद्यार्थी भर्ना गर्नेगरी पूर्वाधार र जनशक्ति कायम गर्नुपर्ने माग भएकाले उनी जुम्लाको सदरमुकाम खलंगामा सत्याग्रह गर्न पुगेका हुन् । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निषेधित क्षेत्र तोकिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो तर पछि जनदबाबका कारण स्थानीय कभर्ड हल ल्याएर छाडेपछि डा. केसीले त्यहीँ सत्याग्रह सुरु गरेका थिए । 

डा. केसीको १५ औं सत्याग्रहको पहिलो दिनको समाचारलाई असार १७ गतेको पत्रिकामा सबैभन्दा महत्त्व नयाँ पत्रिकाले प्रदान गर्‍यो । सात कोलममा प्रकाशित समाचारमा अध्यादेशले कसरी उनको माग सम्बोधन गरेको थियो र विधेयकले कसरी बिगार्‍यो भनेर सो दैनिकले स्पष्ट पारेको छ । अन्य पत्रिकामा अन्नपूर्ण पोस्ट, नागरिक, हिमालय टाइम्स तथा कान्तिपुरले पनि महत्त्वका साथ यो समाचार प्रकाशित गरेका छन् भने राजधानीले पहिलो पृष्ठको तल्लो समाचार बनाएको छ । गोरखापत्रले भने यो समाचारलाई बेवास्ता गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ पत्रिकाले मेडिकल कलेजसम्बन्धी समाचारलाई सोमवार पनि सात कोलमको ब्यानर समाचार बनाएर कुन प्रदेशमा कतिवटा मेडिकल कलेज रहेका छन् र प्रतिलाख जनसंख्यामा कतिवटा मेडिकल कलेज पर्छन् भनेर इन्फोग्राफिक्स पनि बनायो । नागरिकले सोमवारको पत्रिकामा डा. गोविन्द केसी जुम्लामा सत्याग्रहमा बसेको तस्बिरसँगै आफ्नो छोरा कृष्णप्रसाद  अधिकारीको हत्यारालाई कारबाही गरिनुपर्ने मागसहित गोरखा फुजेलकी गंगामायाको सत्याग्रहको तस्बिरलाई पनि मुख्य बनायो । कान्तिपुरले चिकित्सा शिक्षा विधेयक रोकिएको तथा डा. केसीको समर्थनमा स्थानीय उत्रेको समाचारलाई मुख्य समाचार बनायो । सोही दिन नयाँ पत्रिकाले सरकारले ल्याएको विधेयक कम्युनिस्ट चरित्र विरोधी भएको र यो जस्ताको तस्तै पास भएमा स्वास्थ्य क्षेत्रमा विकृति बढ्ने संभावना रहेको भन्दै सम्पादकीय लेख्यो । 
मंगलवारको नयाँ पत्रिकाले अझ एक कदम बढेर समाचार बनायो । कसरी मेडिकल माफियाको स्वार्थ सिद्ध गर्न  विधेयकको सहारा लिइयो भन्ने र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पहिले आफैँ मन्त्री हुँदा निजी विद्यालयलाई आफ्नै जग्गा चाहिने भनेर निर्देशिका जारी गरेको तर अहिले मेडिकल कलेजलाई भने सो प्रावधान नभईकन सम्बन्धन दिने तयारी गरेको समाचार सशक्त ढंगले प्रस्तुत गर्‍यो । अन्नपूर्ण पोस्टले पनि डा. केसीको पत्रकार सम्मेलनको समाचारलाई एक कोलममा प्रकाशित गर्‍यो । 

कान्तिपुरले डा. केसी गैरन्यायिक नियन्त्रणमा रहेको समाचारलाई एन्कर बनाएर प्रकाशित गर्‍यो । नागरिकले चिकित्सा शिक्षा विेधयकको प्रस्तावनामा नै चलखेल भएको समाचार प्रकाशित गर्‍यो । सोही दिन कान्तिपुरले चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि उठ्दै आएको आवाजलाई बेवास्ता गर्दै लगानीकर्ताको स्वार्थ पूरा हुने गरी कानुन बनाउने सरकारको कसरतलाई आश्चर्यजनक भनेको छ । कान्तिपुर लेख्छ – ‘‘चिकित्सा शिक्षाको संवेदनशीलताप्रति गम्भीर बन्दै डा. केसीसँग गरिएका सम्झौता र माथेमा कार्यदलको प्रतिवेदनअनुरुप तयार अध्यादेशका मूलभूत विषय तोडमोड नहुने गरी कानुन बनाउनुपर्छ ।’’

Global Ime bank

बुधबार हिमालय टाइम्सले ‘कर्णालीमा स्वास्थ्य सेवा ठप्प’ शीर्षकको समाचार ६ कोलममा मुख्य बनायो । राजधानीले पनि सो दिनको एन्करमा कर्णालीका डाक्टर अस्पताल छाडेर आन्दोलनमा आएको समाचार प्रकाशित गर्‍यो । नागरिकले डा. केसीको उपचारमा प्रशासन बाधक भएको समाचारलाई मुख्य बनायो । अन्नपूर्ण पोस्टले शिक्षामन्त्रीको भूमिका गलत भएको समाचार प्रकाशित ग¥यो । बिहीबारका पत्रिकामा डा. केसी आईसीयुमा भर्ना भएको समाचारले प्रमुखता पायो । कान्तिपुरले डा. केसीको स्वास्थ्य गम्भीर भएको समाचारलाई सात कोलममा प्रकाशित गर्‍यो भने नागरिकले ६ कोलममा डा. केसी आइसीयुमा भएको समाचार बनायो । कान्तिपुरले शुक्रवारको पत्रिकामा पनि डा. केसीको समाचारलाई प्राथमिकता दियो । केसीले आईसीयुमै अनशन सुरु गरेको समाचार एक कोलमको माथिल्लो समाचार बनायो । 

गंगामायाको मागप्रति सहानुभूति

गोविन्द केसी अनसन बसिरँहदा गोरखा फुजेलकी गंगामाया अधिकारी पनि वीर अस्पतालमा अनशनमै छिन् । उनको १० कक्षा पास गरेर चितवन घुम्न गएको छोरालाई २०६१ साल जेठ २४ गते माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको र हत्याराविरुद्ध सरकारले कारबाही नबढाएको विरोधमा उनी जेठ १५ गतेदेखि पुनः अनशनमा बसेकी हुन् । यसअघि पनि बारम्बार अनशन बस्दै आएकी उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा मृत्यु भएको छ । नन्दप्रसाद अधिकारीको मृत्यु भए पनि उनको मृत शरीर एक अस्पतालको फ्रिजमा बिना सदगत राखिएको छ । गंगामायालाई भेट्न तथा उनको अधिकारको रक्षाको माग गर्दै बिहीवार पूर्व प्रधान न्यायाधीश सुशीला कार्की वीर अस्पतालमा पुगेकी छिन् । यो तस्बिरलाई नागरिकले मुख्य तस्बिर बनाएको छ । नागरिक दैनिकले गंगामायाको पक्षमा सोमबारको पत्रिकामा सम्पादकीय पनि प्रकाशित गरेको छ । सो सम्पादकीयमा गंगामायाले भोगेको पीडा द्वन्द्वकालमा अन्यायपूर्वक मारिएका पीडित व्यक्तिको प्रतिनिधि घटना हो भनेको छ । अदालतले दिएको आदेशसमेत पालना नभएको कारण कानुनको शासनको सन्दर्भमा समेत प्रश्न उठेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत नागरिकले गरेको छ । 

सरकारको विरोधमा उत्रियो कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक समस्यामा अल्झिरहेको भए पनि अहिले आएर यो दलले आफ्नो सक्रियता बढाएको र दैनिक पत्रिकाले सोसम्बन्धी समाचारलाई महत्त्व दिएका छन् । देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न यो सरकारले ल्याएको प्रतिस्थापन विधेयकविरुद्ध संसद अवरुद्ध गर्ने चेतावनी नेपाली कांग्रेसले दिएपछि सो विधेयक अहिले अड्किएको छ । त्यस्तै देउवा सरकारका पालामा २०७४ भदौ १४ गते देखि फागुन २ गते सम्मका सम्पूर्ण नियुक्ति मन्त्रिपरिषद्ले खारेज गरेको कारण यो सरकारले भिडन्त निम्त्याएको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । नेपाली कांग्रेसको समाचारलाई नागरिक, हिमालय टाइम्स लगायत अन्य दैनिकले महत्त्वका साथ प्रकाशित गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC