site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
सहमति कार्यान्वयन नभए कांग्रेससँगको एकता भंग गर्ने विजय गच्छदारको चेतावनी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले एकताका बेला भएको सहमति कार्यान्वयन नभए एकता भंग गरिदिने चेतावनी दिएका छन् । काठमाडौंमा सोमबार भएको अन्तरक्रियामा उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

“कांग्रेससँग भएको सहमति कार्यान्वयन नभए देशभरका आफ्ना कार्यकर्ता बोलाएर एकता भंग भएको घोषणा गरिदिन्छु,” गच्छदारले भने, “रामजनम चौधरी एउटा चुनाव हार्दैमा उ केन्द्रीय सदस्य पनि हुन नसक्ने व्यक्ति कसरी भयो ?”

Prabhu Bank
Agni Group
NIC Asia

उनले झापादेखि कञ्चनपुरसम्म आफ्ना कार्यकर्ता भएको बताउँदै फेरि पनि राष्ट्रिय राजनीतिमा छवि बनाउन आफूलाई कुनै समस्या नभएको बताए ।

“विभाजित कांग्रेसले आगामी चुनौतीको सामना गर्न सक्दैन । कांग्रेससँग मेरो वान साइडेड लभ हो,” गच्छदारले भने, “झापादेखि कञ्चनपुरसम्म मेरा आफ्ना कार्यकर्ता छन् । अब पनि कांग्रेसभित्र भाग पाउन लागि म रुने, कराउने ?  एकपटक कांग्रेस छाडेर राष्ट्रिय राजनीतिमा मैले बनाएको व्यक्तित्व छर्लङ्ग छ ।”

Global Ime bank

उनले आफू कांग्रेसलाई बलियो बनाउन आएको भए पनि अहिले बेवास्ता गरिएको बताए ।

“कांग्रेसलाई बलियो बनाउँछु भनेर आएको हुँ । एमाले र माओवादीको बहुमत पुग्छ यिनीहरुले साम्यवाद ल्याउँछन् भनेर नै कांग्रेसमा पार्टी मिलाएको हुँ, देश जोगाउन भनेर म कांग्रेसमा समाहित भएको हुँ । कांग्रेससँग सहमति हुनुभन्दा अघि २०७४ असोज २ गते केपी ओली र प्रचण्डसँग अढाईघन्टा छलफल भएको थियो । सँगै चुनाव लडौं भनेर भनेका थिए । तर मैले मानिन । उनीहरुको भित्रि आसय बुझेर म कांग्रेसमा आएको हुँ । माओवादी र एमालेसँग मिलेर चुनाव लडेर अहिले सत्ता सञ्चालन गरेको भए २० लाख कांग्रेसले मलाई सराप्थे । त्यसैले नलागेको हुँ । अब कर्नरमा पार्ने काम नगरियोस् ।”


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC