site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
लोकदर्शन रेग्मी र उपेन्द्रकान्त अर्यालले भनेपछि नवराज सिलवाललाई आईजीपी नबनाएको हो : देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावमा जिल्ला कार्यसमितिलाई विश्वास नगर्दा अहिलेको अवस्था सिर्जना भएको स्वीकार गरेका छन् ।  

काठमाडौंको लैनचौरमा सोमबार आयोजित कांग्रेसका पुराना तथा अग्रज नेता एवम् पदाधिकारीहरुबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले स्थानीय तहको चुनावमा टिकट वितरण गर्दा गल्ती गरिएको स्वीकार पनि गरेका छन् । 

‘‘काठमाडौंबाट टिकट बाँडेर जो हामीले गल्ती गर्यौं, बदमासी गर्यौं । मैले अडान लिन सकिन, त्यही कारणले चुनाव हारियो । त्यहीँबाट रोग सुरु भएको हो,’’ उनले भने, ‘‘स्थानीय तहको चुनावमा जुन अन्याय भएको छ । त्यसको रोग सर्यो । जिल्ला कमिटिलाई विश्वास नगरेर अहिलेको हालत भएको हो । जिल्लाका साथीलाई विश्वास नगरेर भूल भयो ।’’

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले चुनावमा एक जनाले मात्रै टिकट पाउने भएका कारण टिकट नपाउनेले चुनाव हराउन भूमिका निर्वाह गर्नु पार्टीका लागि घातक सिद्ध भएको पनि बताए । ‘‘टिकट दिन गल्ती भयो होला तर टिकट त एउटैले पाउँछ नि । नपाउनेले हराइहाल्ने हो भने पार्टी कसरी रहन्छ ?’’ उनले भने, ‘‘त्यस कारण व्यापक छानविन गरेर पार्टीलाई अन्तरघातमुक्त पार्टी बनाउन जरुरी छ । कृष्णप्रसाद भट्टराईलाई अन्तरघात गरेर हराएको रोग जबसम्म मुक्त हुन सक्दैन, तबसम्म कांग्रेस बलियो हुन सक्दैन ।’’ 

चुनावमा टिकट बाँड्ने अधिकार भएका नेताहरुले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने अधिकार नभएको उनले जिकिर गरे । ‘‘बाँड्ने बेला टिकट मिलेर बाँड्ने, अहिले मेरो टाउकोमा हाल्ने ? स्थानीय चुनावमा जिल्लाले टिकट बाँड्ने अधिकार खोसेर ठूलो भूल भएको हो,’’ सभापति देउवाले दोहोर्याए । 

Global Ime bank

निर्वाचनमा भोग्नुपरेको हारको समीक्षा भइसकेको भन्दै सभापति देउवाले आगामी दिनमा सबै नेताहरु एकजुट भएर कांग्रेसलाई अन्तरघातबाट मुक्त र अन्यायमा परेकालाई न्याय दिने पार्टीका रुपमा बलियो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिए । 

प्रधानन्याशिधमाथि लगाइएको महाअभियोग र आईजीपी प्रकरणका कारण पार्टीले पराजय भोग्नुपरेको पुराना केही नेताहरुले अन्तरक्रियामा गरेको टिप्पणी सभापति देउवालाई ठाडै अस्वीकार गरे । 

कार्यसम्पादन मूल्यांकनका लागि नम्बर दिने दुई व्यक्ति तत्कालिन गृहसचिव लोकदर्शन रेग्मी र तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्यालले बुझाएको प्रतिवेदन अनुसार आईजीपी नियुक्त गरिएको उनले स्पष्ट पार्न खोजे । 

तत्कालिन सरकारले तत्कालिन डिआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउन गरेको निर्णय सर्वोच्चले २४ घण्टा नबित्दै उल्ट्याएपछि प्रकाश अर्याल आईजीपी भएका थिए ।  चन्दलाई सरकारले आईजीपी बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका तत्कालिन डिआईजी नवराज सिलवाललाई आईजीपी बनाउनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । 

‘‘नम्बर दिने दुई जनामध्ये एउटा मुख्य सचिव अर्का उपेन्द्रकान्त अर्याल जिउँदै छन् । जिउँदा मान्छे हामीले दिएका नम्बर यो होइन, यो हो भने पछि मानियो र प्रकाश अर्याल आईजीपी भएका हुन्,’’ देउवाले थपे, ‘‘त्यो कुरालाई मान्नैपर्यो, जिउँदै भन्या मान्छेले नमान्ने ? उनीहरुले भन्या कुरा मान्दा अर्याल आईजी भए । त्यो पनि होइन भन्न पाइन्छ ?’’

नेपाल प्रहरीको आईजीपी बनाउने काम सरकारको भएको जिकिर गर्दै उनले प्रतिप्रश्न गरे, ‘‘कहिले राजाले बनाउने, कहिले प्रधानन्यायाधिशले बनाउने आईजी ? के का लागि लडेको, प्रजातन्त्रका लागि लड्या होइन हामी ? सरकारले आईजी बनाउन नपाउने ?’’ 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC