site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घोस्ट राइटिङले ल्यायो अरुणकुमार सुवेदीको ‘जीवन यात्रा’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ, रासस । प्राकृतिक सम्पदाले परिपूर्ण नेपालका जनतामा गरीब छौं भन्ने मानसिकता सधैँका लागि बदल्न बाटो देखाउने सन्देश समेटिएको ‘जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । 

घोस्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएको लेखक अरुणकुमार सुवेदीको उक्त कृति सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गरियो । लेखक पुस्तकमा भन्छन्, “हामी सुनखानीमा सुतिरहेका छौँ, तर हामी गरीब छौं भनेर खाडीका देशमा कुदिरहेका छौँ, यो कस्तो विडम्बना हो, अब हामी सबैले मुलुकभित्रका खानी र खनिजको खोजतलास गर्नुपर्छ र प्रयोगमा ल्याउनुपर्छ ।” 

भूगर्भविद् तारानिधि भट्टराईले लेखकले मुलुकका विभिन्न क्षेत्रको भ्रमण गरेर देखेका र भेटेका अमूल्य खनिज र धातुबारेमा समेटिएका सूचना प्रमाणयोग्य र ओजपूर्ण हुन सक्ने धारणा राखे । 
‘नागरिक’ दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले पूर्वी पहाडको तत्कालीन जनजीवन, सामाजिक परिवेश र बोलीचालीका शब्द राखेर प्रकाशित पुस्तकबाट थुप्रै सूचना प्राप्त गर्न सकिने बताए । 
‘थाहाखबर डट कम’का प्रधानसम्पादक तीर्थ कोइरालाले सन् १९६० को दशकपछिको नेपाली समाज, भूगोल र सामाजिक परिवेश समेटिएको पुस्तकमा लेखक स्वयम् विचारका हिसाबले बगिरहेको देखाए पनि ‘केही गरौँ’ भन्नेका लागि पुस्तकले बाटो देखाएको बताए । 
पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर केसीले पुस्तक अध्ययनपछि तत्कालीन तेह्रथुमको नालीबेली तथा मुलुकका विभिन्न भागको खनिजपदार्थका बारेमा जानकारी पाइने बताए । घोस्ट राइटिङ नेपालका सम्पादक टंक पन्तले पुस्तक पढ्दा खोलाको पानीजस्तै बगेको अनुभव भए पनि कतिपय शब्दलाई भने सुधार गरी समयानुकूल तुल्याउन आवश्यक रहेको सुझाव दिए । मुलुकका विभिन्न भागमा रहेको बहुमूल्य पत्थर एवं खनिजको खोजअनुसन्धानका साथै राजनीतिक, आर्थिक, धार्मिक विषयवस्तु पनि उक्त पुस्तकमा समेटिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC