विचार

के साइबर अस्त्रको प्रयोग उचित हो ?

जोसेफ एस न्ये

के साइबर अस्त्रको प्रयोग उचित हो ?

वर्षौंसम्म अमेरिकाका पूर्व रक्षा मन्त्री लिओन पेनेट्टाले ‘साक्ष्बर पर्ल हार्वर‘को खतराको चेतावनी दिइरहे । हाम्रो विद्युत् प्रणालीमा वैरीहरूले खराब सफ्टवयर जडान गरेको जानकारी हामीले केही समय पहिले नै पाएका छौँ । एक्कासि ठूलो क्षेत्र बिजुली जान सक्छ र त्यसको परिणाम आर्थिक दुर्घटना, भद्रगोल र मृत्युका रूपमा प्रकट हुनसक्छ । रुसले सन् २०१५ मा युक्रेनविरुद्ध आफ्नो उन्नत युद्धमा यस्तो आक्रमणको प्रयोग गरेको थियो । तर, त्यस्तो अस्त्र केही घन्टामात्र प्रयोग गरियो । यसभन्दा पहिले सन् २००८ मा रुसी फौजको आक्रमण रोक्न खोज्दा जर्जिया सरकारविरुद्ध यस्तो अस्त्रको प्रयोग गरिएको थियो ।

अहिलेसम्म साइबर अस्त्र भौतिक क्षति पु¥याउनभन्दा भ्रम वा अन्योल उत्पन्न गर्न बढी उपयोगी अर्थात् विजय दिलाउनेभन्दा सहयोगी अस्त्र भएजस्तो देखिन्छ । मुलुकहरूको सञ्जालमा बर्सेनि करोडौं अतिक्रमणहरू हुनेगरेका छन् तर राजनीतिक र आर्थिक क्षतिका तुलनामा भौतिक क्षति भने केही दर्जन घटनामा मात्र भएका छन् । रबर्ट स्मिडल, माइकल सुल्मेयर र बेन बुचाननले भनेजस्तै ‘‘साइबर प्रहारबाट अहिलेसम्म कोही पनि मारिएको छैन ।’’

कुनै अस्त्रबाट साइबर भएमा आक्रमणमा अमरिकी नीति भने साइबर द्वन्द्वमा पनि भौतिक क्षतिभन्दा आत्मरक्षाको अधिकारको अन्तर्राष्ट्रिय कानुनअनुरूप रहेको छ । अहिलेसम्म आत्तिनु पर्ने अवस्था नभएकाले यो प्रतिरोधात्मक अडानले काम गरेको भान हुन्छ ।

हामीले गलत दिशामा नियाली रहेको पनि हुनसक्छ र निसाना ठूलो भौतिक क्षति गर्नु नभएर  परस्परागत युद्धभन्दा पहिलेको शत्रुताको अवस्थामा हुने द्वन्द्व हुनसक्छ । सन् २०१३ का रुसका सेना प्रमुख भ्यालेरी गेरासिमोवले भनेजस्तै उन्नत युद्धमा परस्परागत हतियार, सूचना प्रविधिको प्रयोग र साइबर आक्रमणको सम्मिश्रण हुन्छ ।

शत्रुलाई विभाजन गर्न र भ्रममा पार्न सूचनाको प्रयोग दोस्रो शीत युद्धकालमा गरिएको थियो । यसको मूल स्वरूप यसैले नयाँ हैन तर कम मूल्य र तीव्र गतिमा सूचना सञ्चार यसमा नयाँ हो । पैसा र गोप्य जानकारी बोकेका गुप्तचरहरू भन्दा इलेक्ट्रोन छिटो, कम खर्चिलो, सुरक्षित र सजिलै अस्वीकार गर्न सकिने हुन्छ ।

रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले उनको मुलुक अमेरिकासँग द्वन्द्वमा भएको ठान्छन् र आणविक युद्धको जोखिमका कारण उच्च स्तरको शक्ति प्रयोग गर्न हिचकिचाउँछन् भने सायद साइबर ‘सही हतियार’’ हो । ‘सही हतियार’ न्यु योर्क टाइम्सका संवाददाता डेसवड स्यान्गरको महत्त्वपूर्ण नयाँ पुस्तकको शीर्षक पनि हो । उनले पुस्तकमा ‘‘ थप बैंक, डाटाबेस र विद्युत प्रणालीमा हुने आक्रमणलाई बेवास्ता गरे पनि साइबर आक्रमण लोकतन्त्रलाई समेटेर राख्ने नागरिक शृंखलाको कडी टुटाउन प्रयोग हुनसक्ने’ तर्क दिएका छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप नयाँ प्रयोग थियो । रुसी गुप्तचर संस्थाले अमेरिकाको डेमोक्रेटिक नेसनल कमिटीको इमेल ह्याक गरेर त्यसलाई अमेरिकी समाचार माध्यमहरूलाई एकोहो¥याउन विकीलिक्सका माध्यमबाट फैलाउने काम त गरे नै अमेरिकी सामाजिक सञ्जालहरूबाट भ्रामक समाचार फैलाउन र अमेरिकाभित्र विरोधी जनमत बनाउन पनि प्रयोग गरे । ह्याकिङ गैरकानुनी भए पनि भ्रम फैलाउन सामाजिक सञ्जालको प्रयोग गैरकानुनी अवैध हैन । सूचना युद्धमा रुसी आविष्कारको अर्को खुबी के पनि हो भने उनीहरूले आक्रमण गरेजस्तो पनि गरेनन् र परम्परागत सूचना प्रविधि पनि सँगै मिलाएर प्रयोग गरे । 

अमेरिकी गुप्तचर निकायहरूले राष्ट्रपति बाराक ओबामालाई रुसी चलबाजीका बारेमा सचेत गराएका थिए र उनले सन् २०१६ को सेप्टेम्बरमा पुटिनसँग भेट हुँदा ओबामाले त्यसको प्रतिकूल प्रभावका बारेमा चेतावनी पनि दिएका थिए । तर, ओबामा रुसलाई सार्वजनिकरूपमा दोषारोपण गर्न वा कडा कदम चाल्न चाहिँ हिचकिचाए । सार्वजनिक चेतावनी दिएमा रुसले निर्वाचन संयन्त्र वा मतदाता सूचीमा अतिक्रमण अझ बढायो भने हिलारी क्ल्टिनको विजय जोखिममा पर्ने ठाने । निर्वाचनपछि भने ओबामाले सार्वजनिकरूपमै रुसमाथि आरोप लगाए र रुसी गुप्तचरहरूलाई निष्कासन तथा केही कूटनीतिक सुविधा बन्द गरे । तर, अमेरिकाको प्रतिक्रियामा निहित कमजोरीले प्रतिरोधको असरलाई न्यून गरायो । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस विषयलाई आफ्नो निर्वाचनको वैधताप्रतिको राजनीतिक चुनौतीका रूपमा लिएकाले उनको प्रशासन पनि कडा कदम चाल्न विफल भयो ।

यो नयाँ अस्त्रको प्रतिरोध गर्न सरकारका सबै निकायहरूलाई संलग्न गराउने गरी संगठित गर्ने र प्रभावकारी प्रतिरोधमा जोड दिने रणनीति आवश्यक हुन्छ । सजायका हकमा साइबर क्षेत्र (डोमेन)भित्र निर्धारित जरिवाना गर्ने र साइबर क्षेत्रबीचमा कडा आर्थिक तथा वैयक्तिक प्रतिबन्धको उपाय अपनाउन सकिन्छ । यसैगरी गरी हामीले अतिक्रमणकारीको कामलाई त्यसको लाभका तुलनामा महँगो बनाउने गरी अस्वीकार गरेर पनि प्रतिरोध गर्न सक्छौँ ।

अमेरिकालाई कठोर र अझ जुझारु बनाउने धेरै उपायहरू छन् । यसमा राज्य र स्थानीय निर्वाचन अधिकारीहरूलाई तालिम, विद्युतीय मतदान यन्त्रसँगै कागजको पनि प्रयोग, निर्वाचन अभियान र दलहरूलाई साइबर दोहोरो प्रमाणीकरणजस्ता साइबर स्वास्थ्य वृद्धि गर्न प्रोत्साहन, सामाजिक सञ्जालको संक्रमणबाट जोगाउन कम्पनीहरूसँग सहकार्य, अहिले टेलिभिजनमा लागु भएजस्तै सामाजिक सञ्जालमा राजनीतिक गरिने विज्ञापनको स्रोतको आधिकारिक पहिचान अनिवार्य, विदेशी राजनीतिक विज्ञापन अवैध बनाएर, स्वतन्त्र सत्यापनलाई प्रवर्धन र जनसाधारणको मिडिया ज्ञानमा सुधार जस्ता कदम चाल्न सकिन्छ ।

यस्ता उपायहरू सन् २०१७ मा फ्रान्सको निर्वाचनमा रुसी हस्तक्षेपको असर कम गर्न उपयोगी सिद्ध भएका थिए । कूटनीतिको पनि यसमा भूमिका हुनसक्छ । शीत युद्धका बेलामा अमेरिका र रुस कटुतापूर्ण सैद्धान्तिक शत्रु भए पनि उनीहरूबीच सम्झौता वार्ता सफल हुन्थे । रुसी राजनीतिक प्रणालीको अधिनायकवादी प्रकृति हेर्दा रुसको निर्वाचनमा हस्तक्षेप नगर्ने सहमति अर्थहीन हुन्छ । तैपनि, सूचना आक्रमणको मात्रा र प्रभावको नियन्त्रण गर्ने नियमहरू बनाउन सम्भव हुनसक्छ । शीतयुद्ध ताका दुवै पक्षले एकअर्काका गुप्तचरलाई मार्ने काम गरेनन् र ‘इन्सिडेन्डस एट सी एग्रिमेन्ट’बाट नौसेनाको निगरानी गर्दा धेरै दुःख नदिइने पनि सहमति गरिएको थियो ।

अहिले त यस्तो सम्झौता सम्भव देखिँदैन तर भविष्यमा त्यस्तो सम्भवनाको खोजी जारी राख्नु लाभदायी हुनसक्छ । समग्रमा, यसलाई सशस्त्र युद्धभन्दा पहिलो तहकोे हतियार बनिरहन नदिन अमेरिकाले साइवर आक्रमण र सामाजिक सञ्जालको दुरुपयोग महँगो हुन्छ भन्ने देखाउन सक्नुपर्छ ।
(हार्वर्ड विश्वविद्यालयका प्राध्यापक)   

Copyright: Project Syndicate, 2018.

तपाईंको मत