site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जेनेभा । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसीमको दुव्र्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले आग्रह गरेका छन् ।  

महासचिव एन्टोनियो गुथ्रेसले विस्थापन हुनु तथा शरणार्थीका रुपमा बाहिरिनु मानिसको बाध्यता भएकोले यस्तो अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।  सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी आफ्नो देश या इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ । 

महासचिव गुथ्रेसले हालैमात्र म्यानमारबाट भागेर बङ्गलादशेको कोक्स बजारमा शरणार्थीका रुपमा बसिरहेका रोहिङ्ग्या शरणार्थीको शिविर भ्रमण गरेका थिए ।  

Global Ime bank

त्यस भ्रमणका क्रममा उनले ती शरणार्थीहरुले आधारभूत खाना र बासको अभावमै अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तथ्य देखेको बताएका थिए । रासस÷एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC