Skip Advt.

विदेश

थाई गुफामा फसेका १३ जनाको सकुशल उद्धार

थाई गुफामा फसेका १३ जनाको सकुशल उद्धार

काठमाडौं । उत्तरी थाईल्यान्डको एक गुफामा दुईसातादेखि फसेका सबैको सकुशल उद्धार गरिएको छ । अभियानको तेस्रो दिनमा १२ बालक र एकजना प्रशिक्षकको उद्धार गरिएको बीबीसीले जनाएको छ ।

थाई जलसेनाले सबैको उद्धार गरिएको पुष्टि गरेको छ । आईतबार र सोमबार गरी ८ जनाको उद्धार गरिएको थियो भने बाँकीको आज उद्धार गरिएको छ । गुफाबाहिर हेलिकोप्टर र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । थाई र विदेशी गोताखोरहरु उद्धार कार्यमा खटिएका थिए ।

१२ फुटबल खेलाडी आफ्ना एकजना प्रशिक्षकसँग जुन २३ देखि गुफामा फसेका थिए । सोमबारसम्म उद्धार गरिएका ८ जनाको शारिरीक र मानसिक अवस्था ठिक रहेको त्यहाँ चिकित्सकले बताएका छन् ।
https://www.bbc.com/hindi/international-44776119

तपाईंको मत