site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रान्स रसियामा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो । फ्रान्सको जितमा सामुएल उमटिटी नायक बने । उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो । 

खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । रसियाको सेन्ट पिटर्सबर्गमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा अग्रता बनाउन चुकेका थिए ।

खेलको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

Global Ime bank

खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए । 
फ्रान्सको यो तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

विश्वकपको फाइनलमा प्रवेश गरेसँगै फ्रान्स अब उपाधि उचाल्नबाट एक कदम पछि मात्रै छ । फ्रान्सले अब क्रोएसिया र इंग्ल्यान्डबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्ससँग पराजित भएसँगै बेल्जियमले पहिलो पटक फाइनलमा पुग्ने अवसर गुमाएको छ । फ्रान्सलाई पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको भए बेल्जियमले आफ्नो फुटबल इतिहासमा नयाँ अध्याय कोर्ने थियो । सन् १९८६ मा भएको विश्वकपको सेमिफाइनलमा बेल्जियम अर्जेन्टिनासँग २–० गोलले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC