site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघको असन्तुष्ट समूहद्वारा महाधिवेशनको मिति घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्र्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आगामी महाधिवेशनको मिति र स्थान घोषणा गरेको छ । असन्तुष्ट समूहले बुधबार काठमाडौंको बाल्मिकी क्याम्पसमा पत्रकार सम्मेलन गरेर १२ औं महाधिवेशनको मिति र स्थान घोषणा गरेको हो । 

नेविसंघका उपाध्यक्ष प्रकाश राना, नवीन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारी तथा महामन्त्री कुन्दनराज काफ्ले उपस्थित पत्रकार सम्मेलनमा आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपुरमा महाधिवेशन हुने जानकारी दिइयो । 

१२९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये दुई तिहाई आफूहरुसँग रहेको दाबी गर्दै असन्तुष्ट समूहले उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गरेको बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उपाध्यक्ष रानाले बाल्मिकी क्याम्पसमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी महाधिवेशनको तयारी गरेर मिति घोषणा गर्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष नैनसिंह महरले ‘ट्रयाक’ छोडेका कारण बहुमतको अधिकार प्रयोग गरेर महाधिवेशनको मिति घोषणा गरिएको बताए । 

‘‘२२ महिनासम्म विधानसम्मत ढंगले अगाडि बढौं भन्दा अध्यक्षजी ट्रयाकभन्दा बाहिर हिँडिरहनु भयो । पार्टीलाई पनि नेविसंघको विवाद समाधानका लागि गुहारियो । तर कुनै मतलब नगरिएपछि हामीले बहुमतको अधिकार प्रयोग गरेर महाधिवेशनको मिति घोषणा गरेका हौं,’’ उनले भने । 

Global Ime bank

पत्रकार सम्मेलनमा नेविसंघका महामन्त्री काफ्लेले महाधिवेशन सफल पार्न नेविसंघका नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । ‘‘नेविसंघको विधान बमोजिम बहुमत केन्द्रीय सदस्यहरुले गरेको निर्णय वैधानिक ठहर्छ । महाधिवेशन पनि वैधानिक रुपमै अघि बढ्छ । यसलाई सफल पार्न देशभरका नेविसंघका नेता कार्यकर्ता साथीहरुलाई तयारी गर्न आग्रह गर्दछु,’’ उनले भने । 

महामन्त्री काफ्लेले आगामी साउन ९ देखि २२ सम्म महाअधिवेशन तथा निर्वाचनका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिँदै महाधिवेशन सम्पन्न गर्न १३ वटा महाधिवेशन आयोजक उपसमिति गठन गरिएको बताए । उनले अध्यक्ष महरले गरेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मनोनयन खारेज गर्ने पनि  निर्णय गरिएको जानकारी दिए । 

महाधिवेशनको मिति तय गर्न असार २५ र २६ गते बाल्मिकी क्याम्पसमा केन्द्रीय कार्यसमितिको बैठक बसेको बताइएको छ । उक्त बैठकमा १२९ जना केन्द्रीय कार्यसमितिमा रहेका सदस्य मध्ये ८७ जनाको उपस्थिति रहेको असन्तुष्ट पक्षले दावी गरेको छ । 

असन्तुष्ट पक्षले अध्यक्ष महरले विधान विपरित क्रियाकलाप गरेको र त्यसलाई रोक्न माउ पार्टी कांग्रेसले कुनै पहल नगरेकाले बहुमतका आधारमा बैठकबाट महाधिवेशन घोषणा गर्ने र महाधिवेशनबाटै समस्या समाधान गर्ने निष्कर्षमा आफूहरु पुगेको दावी गरेको छ । 

‘‘अध्यक्षजीलाई तपाईं मापसे गरेर ड्राइभिङ गरिरहनु भएको छ भनेर हामीले सचेत गराएकै हौं । उहाँले मान्नु भएन, अनि हामीले त्यो यातायातलाई नै छोड्ने निष्कर्ष निकाल्यौं,’’ पत्रकार सम्मेलनमा उपस्थित अर्का उपाध्यक्ष नवीन राईले भने ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC