site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मौद्रिक योगांकलाई वाञ्छित सीमाभित्र राख्ने मौद्रिक नीति (पूर्णपाठसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आव २०७५–७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधबार आयोजित एक कार्यक्रममा आगामी आवको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

नीति सार्वजनिक गर्दै गभर्नर नेपालले नेपाली अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्यका साथै नेपाल सरकारबाट जारी आर्थिक वर्ष २०७५–७६ को बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले मुद्रास्फीतिमा चाप पर्न नदिन मौद्रिक योगांकलाई वाञ्छित सीमाभित्र राख्नेतर्फ मौद्रिक नीतिको जोड रहेको दाबी गरे । लक्षित आर्थिक वृद्धिदर हासिल गर्ने क्रममा स्थानीय, प्रदेश एवम् संघीय सरकारबाट हुने खर्चका कारण समष्टिगत माग विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फीतिमा दबाब पर्ने देखिएको उनले बताए ।

उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तार गर्ने क्रममा आयात बढ्ने प्रवृत्ति कायमै रहने देखिएकोले बाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने प्रभावलाई समेत ध्यानमा राखी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकको योजना छ ।

Global Ime bank

नेपाल सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेकोमा सो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालनमा मौद्रिक नीतिले जोड दिने गभर्नर नेपालको दाबी छ । यसका साथै ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहने उनले बताए ।

त्यसैगरी वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच सुनिश्चित गर्न वित्तीय समावेशीकरण एवम् वित्तीय साक्षरता कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै भुक्तानी प्रणालीमा प्रविधिको प्रयोगलाई बढावा दिइने मौद्रिक नीतिको योजना छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC