Skip Advt.

साहित्य र कला

मैथिली चलचित्र ‘प्रेमक बसात’ ट्रेलर सार्वजनिक

मैथिली चलचित्र ‘प्रेमक बसात’ ट्रेलर सार्वजनिक

काठमाडौं । मैथिली भाषाको चलचित्र ‘प्रेमक बसात’को ट्रेलर सार्वजनिक गरिएको छ । भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ प्रेम कथामा आधारित चलचित्र हो ।

हिन्दु मुश्लिमबीचको विवाहपछि आउने समस्या मुख्य कथानक रहेको चलचित्रमा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ छ । उनको अपोजिटमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन् । 

भारतका चर्चित गायक आदित्य नारायण र तोची रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् । वेदान्त झाले निर्माण गरेको चलचित्रको रुपक सरारले निर्देशन गरेका हुन् । 

जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा तयार भएको चलचित्रलाई नेपालका विभिन्न शहरसहित भारत, दुबई, कतार अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिजिल गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । 

तपाईंको मत