site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रोएसियाविरुद्ध इंग्ल्यान्डको सुरुवाती अग्रता, ट्रिपिएरले गरे गोल
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्डले क्रोएसियाविरुद्ध सुरुवाती अग्रता बनाएको छ । इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका हुन् ।

ट्रिपिएरले खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन् । सुरुवाती समयमा नै गोल खाएको क्रोएसिया दबाबमा आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सुरु भएको खेलमा दुबै टिम फाइनल प्रवेश गर्ने लक्ष्यमा छन् ।

५२ वर्षपछि इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । इंग्ल्यान्डले विश्वकपको उपाधि एक पटक मात्रै उचालेको छ । इंग्ल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दै उपाधि उचाल्ने लक्ष्यमा छ ।

Global Ime bank

क्रोएसियाले भने सेमिफाइनलसम्मको मात्रै यात्रा अहिलेसम्म तय गरेको छ । सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे क्रोएसियाले आफ्नो फुटबलमा इतिहास बनाउने छ ।

इंग्ल्यान्डले स्वीडेनलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रिक्वाटरफाइनलमा भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको थियो । इग्ल्यान्ड समूह जि को उपविजेता टिम हो । इग्ल्यान्डले समूह चरणका खेलमा ट्युनिसियालाई २—१ र पानामालाई ६—१ गोल अन्तरले पराजित गरेको थियो भने समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १—० गोल अन्तरले पराजित भएको थियो । 

क्रोएसियाले क्वाटरफाइनलमा आयोजक राष्ट्र रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा पार गरेको थियो । निर्धारित र थप गरिएको अतिरिक्त समयसम्म २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टीबाट छिनोफानो भएको थियो । त्यस्तै, प्रिक्वाटरफाइनलमा क्राोएसियाले डेनमार्कलाई ३—२ गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । क्रोएसियाले समूह चरणका खेलमा नाइजेरियालाई २—०, अर्जेन्टिनालाई ३—० र आइसल्यान्डलाई २—१ गोल अन्तरले परािजत गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC