देश
काठमाडौं । मौद्रिक नीतिमा उल्लेख गरिएको भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्थाविरुद्ध ससर्वोच्चमा रिट परेको छ । कानुन व्यवसायी भद्रप्रसाल नेपालले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको अनुमति खारेज गर्नुपर्ने माग गर्दै रिट दायर गरेका हुन् ।
रिटमा उक्त नीतिले नेपालको मौद्रिक सार्वभौमसत्ता खतरा परेको, नेपाली स्वाधीनताको अन्त्य हुन सक्ने सम्भावना रहेको उल्लेख छ । त्यसैगरी समानताको आधारमा अन्य देशसँग आर्थिक सम्बन्ध राखिने भनी संविधानले निदृष्ट गरेको राज्यका निर्देशक सिद्धान्त र नीतिसँग बाझिएको रिटमा दावी गरिएको छ । उक्त रिट निवेदन उपर पहिलो सुनुवाइ शुक्रबार हुने सर्वोच्चले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५ १८:२४
प्रतिक्रिया दिनुहोस्